logo

मधेशका मुख्यमन्त्रीको कार्यालयमा पदस्थापनाको माग गर्दे स्थानीय तहका कर्मचारी आन्दोलनमा

 इसीमाना सम्बाददाता     २०८१ पौष १७ गते ०६: २२ मा प्रकाशित     526   पटक पढिएको

जनकपुरधाम ।  मधेश प्रदेश स्थानीय तहका कर्मचारीहरु पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा उनीहरूले धर्ना दिएका हुन् ।

स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका एक सय ६० कर्मचारी कार्यालयको काम छोडेर धर्नामा बसेका हुन् । पटक–पटक लिखित तथा मौखिक जानकारी गराए पनि कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको आन्दोरत कर्मचारीको गुनासो छ ।


 
एक वर्ष अगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्र्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका कर्मचारी कामविहीन भएपछि आन्दोलनमा उत्रेको उनीहरुको भनाइ छ । 

 

स्थानीय तह कर्मचारी आन्दोलन समितिका संयोजक बीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए  । मधेश प्रदेशमा स्थानीय तहका एक हजार कर्मचारी  कार्यरत छन् ।

 

सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा  सिफारिस भएका कर्मचारीको पदस्थापना भए पनि मधेश प्रदेशका कर्मचारीको पदस्थापना नभएको उनले बताए  ।

 

पदस्थापना नभएकाले थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ । उनीहरूले आन्दोलन गर्नुपूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई  लिखितरूपमा पदस्थापनाको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.