logo

नागढुंगा–मुग्लीन सडकमा जनतालई सास्ती, सरकारको ध्यानाकर्षण

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १७ गते ०८: ५५ मा प्रकाशित     497   पटक पढिएको

 काठमाडौं । नागढुङ्गा–मुग्लीनसडक खण्डको अस्तव्यस्तताले जनतालाई सास्ति भएको भन्दै पहिला देश ९नेसन फर्सट०ले सरकारको ध्यानकर्षण गराएको छ ।

 

 सोमबार राजधानीको संवाद डबलीमा नेसन फर्सटले पत्रकार सम्मेलनको आयोजना गरी मंसिर २१ र २२ गते जनसंवाद तथा सद्भावना यात्रा गर्ने जानकारी दिएको छ । सो सडक खण्डको निर्माण कार्यलाई समयमा काम नगरी जनतालाई सास्ति दिएको नेसन फर्सट अभियानका संयोजक डा.नन्द प्रसाद कप्रीले बताएका छन् ।

 कप्रील काम सुरु भएको ३ वर्ष वितिसक्दा पनि २५ प्रतिशत पनि काम नसकेकोले सरकारलाई ध्यानकर्षण गराउँदै आफूहरुले जनचेतनामुलक अभियान थालेको बताएका छन् ।

 

आफूहरुले अनुगमन र निरिक्षण गर्दा सडकमा चलेको मनपरीले अस्तव्यस्त बनाएकोप्रति चिन्ता व्यक्त गर्दै डा.कप्रीले भने,“सरकार भाषण र सपनाका पुन्तर बाँढ्न व्यस्त छ, तर जनताको पीडा र दर्दमा ध्यान दिइरहेको छैन् ।

 

” अधिवक्ता स्वागत नेपालले सरकारले मुग्लीन–नागढुंगा सडक खण्डको बेहाल आवस्थालाई समयमै ठिक पार्ने अभियान चलाउने संस्थालाई धन्यबाद दिदै भने,“यहाँहरुले नितान्त नयाँ अभियान चलाउनुभयो, खुसि लाग्यो यसमा मेरो पनि साथ छ ।

 

” नेपालले विदेशबाट आउने अनुदानलाई देश र जनताको वृत्ति र विकासमा लाउनुको सट्टा सत्ता टिकाउन प्रयोग गरिरहेको आरोपसमेत लगाएका छन् ।

 

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिका अध्यक्ष मणिराम ज्ञवालीले वित्तिय शोषण व्यापक भएको बताएका छन् ।

 

 ज्ञवालीले पुनर्निमाण प्राधिकरण र ठेक्का पट्टामा ५० प्रतिशत रकम भ्रष्टाचार हुने गरेको बताउँदै भने,“हामीसँग प्राधिकरणको भ्रष्टाचारको फाईल छ, ठेक्का पट्टामा झोले तथा पेटी ठेकेदारहरु तयार गरी चरमरुपमा देश लटिरहेका छन् ।

 

” सो अभियानका सहसंयोजक एस पी शाहले समयमै निर्माण कार्यलाई सम्पन्न गराउन दबाब दिन मंसिर २१ र २२ गते जनसंवाद एवं सद्भावना यात्रा गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

 

 इन्जिनियर कविल विक्रम शाहीले देशको भौतिक विकासका हरेक कार्यलाई अर्थोपार्जनको विषयमा केन्द्रीत गरिनुको परिणाम सो सडक खण्डमा समस्या आएको बताए ।

 

 अभियानका उपसंयोजक सुनिता पाख्रिन, विषणुप्रसाद ओझालगायत उपस्थित सो कार्यक्रमलाई सचिव नारायणहरि तिवारीले सञ्चलन गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.