इसीमाना सम्बाददाता
२०८१ कार्तिक २९ गते ०७: ०९ मा प्रकाशित
298 पटक पढिएको
जनकपुरधाम । बिगत लामो सहम देखी दैनीक जुलुश तथा नारावाजीको नियती भोग्दै आएको धनुषाको नगराईन नगरपालिका बिहिबार देखी संचालनमा आएको छ ।
बिगत पाँच महिना देखी नगरपालिकाको काम दैनीक हुदै आएको थियो । नगरपालिका प्रमुख विनयकुमार यादव तथा उपप्रमुख राधादेवी यादवबीच भएको दुईबुँदे सहमति भएपछि कार्यालय संचालनमा आएको हो ।
नगराइन नगरपालिका प्रमुख तथा उपप्रमुखबीचको विवादका कारणले लामो समयदेखि सो नगरपालिकाको प्रशासन, लेखा, शिक्षा, कृषिलगायत विकासका अन्य काम ठप्पभएको थियो
नगरपालिकामा उत्पन्न विवाद समाधान गर्न बुधबार सर्वदलीय बैठक बसैको थियो । उक्त बैठकमा दुई बुँदे सहमति भएपछि कार्यालय नियमितरुपमा सञ्चालनमा आएको उपप्रमुख यादवले जानकरी दिए ।
बैठकमा स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ अनुसार नगरपालिका सञ्चालन गर्ने र आगामी मङ्सिर ५ गते बुधवार नगरसभा गर्नेगरी सहमति भएको थियो ।
बैठकमा नगरप्रमुख यादवले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी स्थानीय तह सरकार सञ्चालनसम्बन्धी ऐन २०७४ लागू गर्ने प्रतिबद्धता जनाएसँगै एमालेबाट निर्वाचित जनप्रतिनीधिले गरेको आन्दोलन समाप्त भएको उपप्रमुख यादवले बताइन ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं. ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।
वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया