logo

मुख्यमन्त्री सिंहद्वारा गृहमन्त्रालयमा छड्के ,दिए कारवाही गरिने चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ असोज ९ गते ०८: २३ मा प्रकाशित     489   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहले आफू मातहत रहेको गृहमंत्रालयका कर्मचारी अनुशासनहीन भएको बताएका छन ।


बुधवार दिउसो पौने ५ बजे गृहमंत्रालयको छड्के अनगमन गरेका मुख्यमन्त्रीले मन्त्रालयमा कर्मचारी नदेखपछि यस्तो अभिब्यक्ति दिएका हुन । उनले जनताको काममा ढिलाई गर्ने कर्मचारीलाई माया नगरि कारवाही गरिने बताए ।

 

गृह मन्त्रालयका कर्मचारीहरुमा लापरबाही बढेको तथा सेवा प्रवाहमा दुःख दिने गरेको जन गुनासो बढेपछि मुख्यमन्त्री सिंहको कार्यालयले अचानक निरीक्षण गरेको बताइएको छ ।


गृह मन्त्रालयका कर्मचारीमा खासगरी कार्यालय समयमा उपस्थित नहुने, हाजिरी गरेर बेपत्ता हुने जस्ता समस्या देखिएका छन् ।

 

‘साथै बिना जानकारी बाहिर निस्किने, बाहिर जाँदा लगबुकमा कारण नखुलाउने प्रवृति छ, स्विकृती बिनै बिदामा बसिदिने जस्ता समस्याहरु फेला परेको मुख्यमन्त्री सिंहले बताए।

बुधबारको निरीक्षणमा गृह मन्त्रालयमा देखिएको समस्याप्रति मुख्यमन्त्री कार्यालयको गम्भरि ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.