logo

पत्रकारहरुकालागि मधेश सरकारले स्वास्थ्य तथा दुर्घटना बिमाको ब्यवस्था गरेको छः मुख्यमंत्री सिंह

 इसीमाना सम्वाददाता     २०८१ भदौ २० गते ०६: ०० मा प्रकाशित     406   पटक पढिएको

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पत्रकारहरुको आगामी आर्थिक वर्षदेखि एक लाख रुपैयाँको स्वास्थ्य बिमा र सात लाख बराबरको दुर्घटना बिमा गर्ने बताएका छन ।

 

न्यूज २४ टेलिभिजनको प्रदेश स्तरीय कर्यालयको बीरगंजमा बिहिवार उद्धघाटन गर्दै उनले यस्तो बताएका हुन ।


मुख्यमन्त्री सिंहले प्रदेश सरकार मिडिया मैत्री भएको बताउदै नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय भवन निर्माणकालागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले भने पत्रकार महासंघको टोली आओस छलफल गरौं सरकारको तर्फबाट म सहयोग गर्न तयार छु ।


उनले पत्रकारका लागि उच्च शिक्षा अध्ययन गर्न प्रदेश सकारकारले छात्रवृत्ति दिने बताए । उनले मेधशका जनतको आवाजलाई संचारमाध्यममा मूलप्रवाहीकरणको आवश्यकता भएकोमा जोड दिदै न्यूज २४ टिभीले त्यो आवश्यकता पुरा गर्ने दिशामा काम गर्ने बिश्वास ब्यक्त गरे ।


उनले प्रदेश सरकारलाई अधिकार नभएको कुरामा अल्झिनु भन्दा भएको अधिकारको सदुपयोग गरेर अगाडि बढ्नु पर्ने बताए । उनले यसो भन्दा संघ सरकार प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन उदासिन भएको बताए ।

 

उनले प्रदेशलाई सबल सक्षम र समृद्ध बनाउनकालागि सरकार ब्यवसायीहरुसंग मिलेर काम गर्न तयार रहेको बताए ।

न्यूज २४ टेलिभिजनका नेपाल ब्यूरो प्रमुख राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, बीरगंजका अध्इष अनिल अग्रवाल लगायतले शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमको संचालन मुस्कान श्रेष्ठले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.