logo

पत्रकारहरुकालागि मधेश सरकारले स्वास्थ्य तथा दुर्घटना बिमाको ब्यवस्था गरेको छः मुख्यमंत्री सिंह

 इसीमाना सम्वाददाता     २०८१ भदौ २० गते ०६: ०० मा प्रकाशित     265   पटक पढिएको

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पत्रकारहरुको आगामी आर्थिक वर्षदेखि एक लाख रुपैयाँको स्वास्थ्य बिमा र सात लाख बराबरको दुर्घटना बिमा गर्ने बताएका छन ।

 

न्यूज २४ टेलिभिजनको प्रदेश स्तरीय कर्यालयको बीरगंजमा बिहिवार उद्धघाटन गर्दै उनले यस्तो बताएका हुन ।


मुख्यमन्त्री सिंहले प्रदेश सरकार मिडिया मैत्री भएको बताउदै नेपाल पत्रकार महासंघ मधेश प्रदेशको कार्यालय भवन निर्माणकालागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले भने पत्रकार महासंघको टोली आओस छलफल गरौं सरकारको तर्फबाट म सहयोग गर्न तयार छु ।


उनले पत्रकारका लागि उच्च शिक्षा अध्ययन गर्न प्रदेश सकारकारले छात्रवृत्ति दिने बताए । उनले मेधशका जनतको आवाजलाई संचारमाध्यममा मूलप्रवाहीकरणको आवश्यकता भएकोमा जोड दिदै न्यूज २४ टिभीले त्यो आवश्यकता पुरा गर्ने दिशामा काम गर्ने बिश्वास ब्यक्त गरे ।


उनले प्रदेश सरकारलाई अधिकार नभएको कुरामा अल्झिनु भन्दा भएको अधिकारको सदुपयोग गरेर अगाडि बढ्नु पर्ने बताए । उनले यसो भन्दा संघ सरकार प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन उदासिन भएको बताए ।

 

उनले प्रदेशलाई सबल सक्षम र समृद्ध बनाउनकालागि सरकार ब्यवसायीहरुसंग मिलेर काम गर्न तयार रहेको बताए ।

न्यूज २४ टेलिभिजनका नेपाल ब्यूरो प्रमुख राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, बीरगंजका अध्इष अनिल अग्रवाल लगायतले शुभकामना ब्यक्त गरेका थिए। कार्यक्रमको संचालन मुस्कान श्रेष्ठले गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.