logo

बर्तमान सरकार काण्डैकाण्डको गठबन्धनबाट बनेको होः जसपा अध्यक्ष यादव

 इसीमाना सम्बाददाता      २०८१ भदौ १७ गते १४: २८ मा प्रकाशित     352   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेस र कम्युनिस्टहरुले यो मुलुक चलाउन नसक्ने बताएका छन । उनले पार्टीको बिशेष अभियानको आइतवार बीरगंजको नगरसभागृहमा शुभारम्भ गर्दै यस्तो बताएका हुन ।


कांग्रेस र कम्युनिष्टहरु भ्रष्टतन्त्रमा लिप्त भएकोले उनीहरुले जनताले राहत पाउने कुनै तन्त्र ल्याउन नसक्ने ठोकुवा गरे ।


लामो समय सरकारमा बसेका असपा अध्यक्ष यादवले देशको शिक्षा नीति कामै नलाग्ने बताए । उनले ब्यपार नीति पनि बेठीक स्वास्थ्य नीति पनि खत्तम भएको बताए ।

 

सबै नीति बेठीक भएकै कारण युवाहरु बिदेशीनु परेको बताए ।

 

उनले बिभिन्न काण्डका बारेमा जनताले सुनिरहेको चर्चा गर्दै अहिलेको गठबन्धन काण्डैकाण्डको गठबन्धन भएको बताए ।

 

उनले आज सरकारी सेवामा मधेशी युवाको उपस्थितिको अवस्था सुनिश्चित भएको चर्चा गर्दै यो उपलब्धी मधेश आन्दोलनले दिएको बताए ।

 

उनले अबको सरकारले देशमा दुइदलिय साम्राज्य बनाउन लागिपरेको बताए ।

 

देशमा गरिएको विभिन्न आन्दोलन दुई दलिय ब्यवस्थाकोलागि गरेको नभई बहुदलीय ब्यवस्थाको लागि गरिएको बताउदै अब देशमा संविधान र संघीयता जोगाउनु सबैको प्रमुख भुमिका हुनुपर्ने उनले बताए ।


संबिधानमा आफ्नो आपत्तिरहेको यथार्थ सबैको सामुनै छ उनले भने संविधान लाई सबैको लागि बनाउन संशोधन गर्नु पर्छ ।

 

जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपतिकने ब्यवस्थाले मात्र देशमा स्थिरता हुने बताए।

 

उनले अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्ने , न्याय प्रणालीको संरचना परिवर्तन गर्नु पर्ने , जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउन जरूरी रहेको बताए ।

 

काग्रेस एमालेले यो देशमा केही गर्न सक्दैन्न उनले भने त्यसैले अब परिवर्तन ल्याउनु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा जसपाका महासचिव उपाध्यक्ष राजकिशोर यादव ,लालबाबु राउत कुर्मी ,पूर्वमुख्यमंत्री सरोज यादवले मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रम पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा भएको जिल्ला सचिव तवरेज अहमदले जनाकारी दिए

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.