logo

सेमानीको प्रश्नको जवाफ दिने नैतीक साहास कोही कसैमा छ ?

 इसीमाना सम्बाददाता      २०८१ भदौ १७ गते १३: १६ मा प्रकाशित     563   पटक पढिएको

बीरगंज । सदभावना पार्टीबाट राजनीति प्रारम्भ गरेका नेजामुदिन सेमानी खासमा भूईमान्छेका नेता हुन ।

 

सोमवार उनले आफनो फेसबुक पेजमा प्रेस बिज्ञप्ति पोष्ट गरेका छन । उनले राज्यको चरित्र माथि पोष्ट मार्फत पेचिलो प्रश्न उठाएका छन ।

 


पर्सा जिल्लाको भौगोलिक अवस्थितिका कारण सदरमुकाम हुन लायक शहरउन्मुख पोखरियामा रहेको अस्पताललाई प्रादेशी अस्पताल बनाउने अभियानको बिडो उनैले बोकेका छन ।

 

अरुको पनि सहयोग हुनु स्वभाविक छ । तर सेमानीको लगावलाई नजरअन्दाज गर्न नमिल्नेगरि उनी यो अभियानमा जोडिएका छन । उनले आफनो पेजमा मंत्रीहरुसंगका तस्विर समेत पोष्ट गरेका छन र भनेका छन नेपालमा काम गर्न कति समय लाग्छ ? उनले भनेका छन ।


पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन मधेश प्रदेश सरकार तथा संघीय सरकारलाई पटक पटक ध्यानाकर्षण गराए पनी हालसम्म कार्यान्वयन न हुनु दुर्भाग्य हो ।

 

उनले मंत्री र मंत्रालयहरुमा धाएको फोटो र तिथि मिति सहितको तालिका पनि हालेका छन भनेका छन “हाम्रो देशको मन्त्रालयहरूको काम गर्ने तरिका, स्पिड यसै तालिका बाट स्पष्ट भएको देखिन्छ ”।

 

एक मन्त्रालय बाट अर्को मन्त्रालयमा जबाफ पठाउन कति दिन लाग्छ ? जनताले तिरेको कर बाट तलब भत्ता खाने तर समयमा काम न गर्ने जन प्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारीहरूलाई के भन्ने ? के यसको जवाफ दिने नैतीक साहास कोही कसैमा छ ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.