logo

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन निर्वाचित,प्रवेशले उठाए गम्भिर सवाल

 इसीमाना सम्बाददाता      २०८१ भदौ २ गते १७: १२ मा प्रकाशित     518   पटक पढिएको

बीरगंज । पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा पूनः भुलन साह सोनार निर्वाचित भएका छन । उनका निकटम प्रतिद्वण्दी प्रवेश सर्राफलाई पराजित गर्दै भुलन विजयी भएका हुन् । भुलनले १ सय ६२ मत प्राप्त गर्दा प्रवेश सर्राफले १ सय ४९ मत पाए ।


संघको १३ सदस्यीय कार्यसमितिमा एक उपाध्यक्ष र दुई सदस्य बाहेक सबै पदाधिकारी र सदस्यमा सोनारकै प्यानल निर्वाचित भएको छ ।

 

उपाध्यक्षमा सोनार समुहकै कौशल किशोर सर्राफ १ सय ४९ मतका साथ विजयी भएका छन् भने अर्को उपाध्यक्षमा सर्राफ समुहका जयप्रकाश सर्राफ १ सय ४४ मतका साथ निर्वाचित भएका छन्।


यस्तै महासचिवमा सोनार समुहका अनिल कुमार सर्राफ १ सय ७७ मत, सचिवमा विकास सर्राफ १ सय ४६ मत र कोषाध्यक्षमा विजय कुमार सर्राफ १ सय ५१ मतका साथ निर्वाचित भएका छन्।


यसैगरी सदस्यमा विजय सर्राफ, विजय कुमार सर्राफ, लक्ष्मण सर्राफ, मनोज साह, शशी सर्राफ,सुरज सर्राफ र पूजा दैवी निर्वाचित भएका छन्।


यता अध्यक्षमा पराजीत प्रवेश सर्राफले समाजिक संजाल मार्फत आफूलाई मतदान गर्ने सबैलाई आभार प्रकट गरेका छन । उनले नयाँ समिति निर्वाचित गराउने मतदातालाई चार वर्ष देखी संघको आय ब्यय बिवरण साधारण सभामा प्रस्तुत नभएको प्रति भने गम्भिर ध्यानाकर्षण गराएका छन ।

उनले लेखेका छन“ ४ वर्षको हिसाव बिताव साधारण सभामा पेश गर्न नसक्ने समिति सभाहल नै छाडेर भागे अव तिनलाई सोध्न सक्नुहुन्छ ? ।

 

उनले भनेका छन तपाईहरुका आवाज बनेर बोल्ने मेरो कर्तब्य थियो त्यो मैले गरे यदी मेरो यो काम गल्ती हो भने तपाईहरु आफै मनन गर्नुहोला सबैको जय होस ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.