logo

जसपाको चार महिने संगठन निर्माण अभियान , वीरगञ्जमा भदौ १७ मा अभिमूखीकरण हुने

 इसीमाना सम्बाददाता      २०८१ सावन ३१ गते १८: १५ मा प्रकाशित     764   पटक पढिएको

काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई आधारभूत संगठन निर्माण अभियानमा खटाउने भएको छ ।

ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई अभियानमा खटाउने निर्णय गरेको केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।


बिभाजनको असरले थिलथिलो भएको पार्टीलाई संगठीत गर्नकालागि पार्टीले संगठन निर्माणको अभियान चलाउने निर्णय गरको हो । यो अभियानमा पार्टीले आफ्ना २ सय १५ सदस्यलाई वडा स्तर सम्म संगठन निर्माणकोलागि परिचालन गर्ने भएको छ ।

 

अभियानका माध्यमलेसबै स्थानीय तहअन्तर्गतका टोल, बुथ, वडा, गाउँ नगर, प्रदेशसभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म सङ्गठनको सञ्जाल विस्तार गर्ने बताइएको छ ।


अभियानको नेतृत्व केन्द्रीय समितिले गर्ने एवं पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई अभियानको अनुगमनका लागि खटाइने सो पार्टीले जनाएको छ । तोकिएका अभियन्तालाई प्रदेशस्तरीय अभिमुखीकरणको आयोजना गरिने जनाइएको छ ।

विराटनगरमा आगामी भदौ १८ गते, जनकपुरमा भदौ १५ गते, वीरगञ्जमा भदौ १७ गते, काठमाडौंमा भदौ ९ गते, भैरहवामा भदौ २३ गते, नेपालगञ्जमा भदौ २४ गते, पोखरामा भदौ २५ गते र टीकापुर तथा धनगढीमा भदौ २५ गते प्रशिक्षण एवं अभिमुखीकरण कार्यक्रम हुने केन्द्रीय सदस्य बस्नेतले बताए।

उनका अनुसार अभिमुखीकरणमा सम्बन्धित प्रदेशका केन्द्रीय कार्यकारिणी सदस्य, अभियन्ता, केन्द्रीय निकाय, विभागका प्रमुख तथा सदस्य, प्रदेश तथा राष्ट्रिय समितिका पदाधिकारी, जिल्ला तथा पालिकाका पदाधिकारी, जनप्रतिनिधि तथा जनसंगठनका पदाधिकारी सहभागी हुने छन् ।

अभियान भदौदेखि सुरु भई मङ्सिर मसान्तसम्म सञ्चालन हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.