logo

कृषि औजार कारखानाबारे अध्ययन गरेर निर्णय गर्छौः कृषिमंत्री अधिकारी

 इसीमाना सम्बाददाता      २०८१ सावन २२ गते १७: ५६ मा प्रकाशित     284   पटक पढिएको

 वीरगञ्ज । सरकारले बीरगंजको कृषि औजार कारखना संचालनकालागि गर्न सक्ने सहयोगका बारेमा आवश्यक निर्णय लिने 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बताएका छन । उनले मंगलवार कारखानाको स्थलगत निरिक्षण क्रममा यस्तो बताएका हुन ।


  उनले  कृषि औजार कारखानाको विषयमा बिस्तृत अध्ययन पछि निर्णय गर्दा उपयुक्त हुने बिचार ब्यक्त गरे ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र कृषि औजार कारखाना वीरगञ्जका इन्चार्ज तथा इन्जिनियर रितेश देवले केन्द्रले सञ्चालन र व्यवस्थापन गर्दै आएको कारखानाको  विषयमा मन्त्री अधिकारीलाई जानकारी गराएका थिए।


बैज्ञानिक पुनले सरकारसंग सहकार्य गरेर अगाढि बढ्न चाहेको बताए । उनले कारखनामा पुराना मेशीन रहेको चर्चा गर्दै अव आधुनिक मेसिन जडान गरेर साना खालका कृषि औजार उत्पादन गर्न आवश्यक रहेको बताए ।

२०७९ भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन दशकदेखि बन्द रहेको कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालन गर्न केन्द्रलाई १० वर्षका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।
 
केन्द्रले कारखाना जिम्मा लिएको २२ महिनामा  १८–२० थरीका कृषि औजार तथा उपकरण तयार पारेको छ ।


केन्द्रले औपचारिक रुपमा विसं २०७९ माघ महिनामा काम सुरु गरेको थियो । वीरगञ्जस्थित कृषि औजार कारखानाका इन्चार्ज रितेश देवले केन्द्रले छोटो अवधिमा कारखानामा रहेका पुराना र जीर्ण उपकरण मर्मतसम्भार गरी सञ्चालन गर्नसक्ने अवस्थामा ल्याएको बताए ।

कारखाना संचालनका लागि बैज्ञानिक महाविर पुन आफूले लेखेको पुस्तक बेच्दै हिडेका छन । उनको १ लाख २० हजार थान पुस्तक बिक्री भइसेको छ । पुस्तक बिक्रीबाट आएको २ करोड रुपैया कारखानामा संचालनमा खर्च भइसकेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.