logo

सरकारले द्वन्द्व पीडितको न्याय मर्न दिदैनः उपप्रधान तथा अर्थमंत्री पौडेल

 इसीमाना सम्बाददाता      २०८१ सावन १६ गते १६: ०६ मा प्रकाशित     423   पटक पढिएको

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल सरकारले द्वन्द्व पीडितको न्याय मर्न नदिने बताएका छन ।


बुधरबार प्रकाश स्मृति दिवसको अवसरमा इन्सेकले आयोजना गरेको प्रकाश स्मृति पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले पीडितहरूको न्यायको मागलाई सरकारले उचित रूपमा सम्बोधन गर्ने बताएका हुन ।

 

नेपाली समाजले एउटा पीडादायी द्वन्द्व भोगेको बताउँदै पौडेलले देश द्वन्द्वबाट बाहिर निस्किए पनि द्वन्द्वको घाउ अझै बाँकी नै रहेको बताए । ‘ द्वन्द्व अन्त्य भएको छ, शान्ति स्थापना भएको छ तर अझै पनि द्वन्द्वका घाउ निको भएका नभएको उनको भनाई थियो ।


पीडितको पक्षपोषण हुने गरी शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने उनले प्रतिबद्धता व्यक्त गरे । सरकार त्यही दिशामा अघि बढेको उनले बताए । ‘नेपाल सरकार पीडितको न्यायको पक्षमा रहेको उनको भनाई छ ।


नेपाली समाजले अनपेक्षित, अनावश्यक, अनुचित द्वन्द्वको सामना गर्नुपरेको पौडेलले बताए । नेपालले लामो समयसम्म बोझका रूपमा सम्झिरहने द्वन्द्व भोग्नु परेको पौडेलको भनाइ छ । शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुङ्ग्याउनु पर्छ भन्ने कुरामा सरकार दृढ रहेको उनले बताए ।


पौडेलले मानव अधिकारको आन्दोलन निरन्तर चलिरहने आन्दोलन भएको बताए । समय अनुसार यसको स्वरूप मात्र फरक हुने पौडेलले स्पष्ट पारे ।


इन्सेकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार सङ्क्रमणकालीन न्यायका लागि सङ्घर्षरत काभ्रेको नमोबुद्ध नगरपालिका दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गरेको छ । पूर्णीमायाका पति अर्जुन लामालाई माओवादीले द्वन्द्वको बेलामा हत्या गरेका थिए ।


माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको योजनामा उहाँको हत्या गरिएको आरोप छ । सापकोटा विरुद्धको सो मुद्दा अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।
मानवअधिकारकर्मी तथा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कार ५० हजार रुपैँया राशिको रहेको छ ।


इन्सेकका संस्थापक महासचिव काफ्लेको २०४९ साल साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो । नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेको महत्त्वपूर्ण योगदान रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.