logo

बेथिति सुधार गर्दै सुशासन दिन मधेशका मुख्यमंत्री सिंहलाई जनमतपार्टीको निर्देशन

 इसीमाना सम्वाददाता     २०८१ सावन १२ गते ०६: ४७ मा प्रकाशित     493   पटक पढिएको

जनकपुर । जनमत पार्टीको जनकपुरमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले मधेश सरकारलाई बेथिति सुधार गरि सुशासन कायम गर्न मधेशका मुख्यमंत्रीलाई निर्देशन दिएको छ ।


मधेशमा सरकार निर्माण भएको ४९ औं दिनका दिनमा आयोजीत बैठकले सरकार संचालनका समस्याहरु , सरकारका तर्फबाट दिइएका सेवा लगायतका बिषयमा समिक्षा भएको थियो ।

बैठकले मधेश सरकारलाई प्रदेश र नागरिकको पक्षमा अझ बढी चलायमान बनाउने भन्दै चारबूंदे सुझाव समेत दिएको छ ।


जनकपुरधामस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुक्रबार देखि सुरु भएको सचिवालय बैठक मधेस सरकारलाई अझ चलायमान बनाउन पार्टीको तर्फबाट चार बुँदे सुझावसहितको निर्णय गर्दै शनिबार बैठक सम्पन्न भएको हो ।


पार्टी प्रवक्ता डा.शरद सिंह यादवले मधेश सरकारले गरेका कामका बिषयमा समिक्षा भएको बताए । उनका अनुसार समिक्ष गरिसकेपछि सरकारलाई अझ बढी चलायमान बनाउन निष्कषर्् निकालिएको हो ।

जनमतको सचिवालय बैठकले योसँगै आगामी दिनमा हुने प्रदेश सरकारको कार्ययोजना बारेमा छलफल गरेको थियो भने प्रदेशमा देखिएका बेथितिलाई सुधार गर्दै सुशासन कायम गर्नतर्फ ध्यान दिन मुख्यमन्त्री सिंहलाई निर्देशन दिएको छ ।

यसैगरी प्रदेशमा व्यापक रूपमा रोजगारीका कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको जनमत पार्टी प्रवक्ता डा। यादवले बताए । बैठकबाट प्राप्त सुझावहरू सरकारको तर्फबाट जनतालाई फाइदा हुने सबै गतिविधि गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता पनि जनाएको बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.