logo

पार्टी ,नेता प्रधान होइन नीति प्रधान हुनुपर्छः एमाले उपाध्यक्ष शाक्य

 इसीमाना सम्बाददाता      २०८१ सावन ७ गते १३: ०८ मा प्रकाशित     305   पटक पढिएको

रामेछाप । नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहित तीनलालको भूमि रामेछापमा उहाँहरू प्रति श्रद्धा प्रकट गर्दै ४६ औँ पुष्पलाल स्मृति दिवस मनाइएको छ ।


नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल अधिकारी, राणा शासन विरुद्धको आन्दोलनको सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मथलो रामेछापको मन्थली स्थिति तीनलाल पार्कमा रहेको उहाँहरूको प्रतिमामा सोमबार बिहान माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ ।


नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेकपा एमाले मन्थली नगरपालिका कमिटीको आयोजनामा भएको हो ।


कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले देश परिवर्तनको काम एक्लैले सम्भव नहुने बताउनुभयो । त्यसैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले राजतन्त्र फाल्न कांग्रेस र कम्युनिष्ट मिल्नु पर्छ भनेको उहाँले स्पष्ट पार्नुभयो ।

त्यसैले पुष्पलाल दूरदर्शी नेता भएको बताउँदै पुष्पलाले भोलिको समेत प्रष्ट दृष्टिकोण राख्ने गरेको शाक्यले बताउनुभयो । पार्टी नेता प्रधान होइन नीति प्रधान हुनुपर्ने बताउँदै शाक्यले पुष्पलालको मूल धारणा नै त्यही भएको प्रष्ट पारिन ।


पुष्पलालको विचार र जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउनु पर्नेमा उनले जोड दिइन । एमाले अहिले सत्तामा मात्र नभएर मूल नेतृत्वमा नै भएकोले नागरिकका समस्या समाधानको प्रमुख जिम्मेवारी पनि एमालेकै काँधमा आएको शाक्यले बताइन ।

‘कतै गणतन्त्र माथि नै प्रश्न नउठोस्, अप्ठेरो नआओस्, नेपाली जनता बिदेसिन बाध्य नहुन्, देशमा स्थायित्व, सुशासन र समृद्धिको यात्रा कायम गर्न सकियो हामीले हाम्रै कालमा नेपाललाई समृद्ध मूलक बनाउन सकिन्छ’, उनले भनिन ।


अहिलेको सरकारलाई नकारात्मक रूपबाट भन्दा पनि सकारात्मक रूपबाट हेर्न र सहयोग गर्न उनले सबैलाई आग्रह गरिन । सबैले साथ दिँदा मात्र बलिदानबाट प्राप्त गणतन्त्र संस्थागत र सुदृढ हुने उनको धारणा छ ।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिले ठुला पार्टी मिलेर सरकार बनेको बताउँदै उनले अब अलमलिन जरुरी नरहेको बताइन । एक अर्कामा अन्तर्विरोध सिर्जना गर्ने, आलोचन गर्ने भन्दा पनि देशको समृद्धि, देशको विकासको लागि सबैले इमानदारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

 

जसरी कृष्णलाल अधिकारी, गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठले देश र लोकतन्त्रको लागि जीवन दिनुभयो त्यसैगरि सबै लाग्ने हो देशले चाँडै मुहार फेर्ने उनको दाबी छ । ‘नेपाललाई, समृद्ध, सुशासनयुक्त गणतान्त्रिक मुलुक हो भनेर विश्वलाई चिनाउन सक्छौँ, त्यो काम गर्ने बेला आएको छ’, शाक्यले भनिन ।


पुष्पलालको स्मृति दिवस मनाउँदा माला मात्र लगाएर नहुने बताउँदै उनले पुष्पलालको जीवनशैलीबाट के कुरा सिक्न सक्छौँ भन्ने कुरा प्रमुख भएको बताइन ।


कार्यक्रममा पार्टी केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरिया लगायत पदाधिकारी तथा सदस्यहरू, मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे लगायतका पदाधिकारी तथा सदस्य, जनसंगठनका नेताहरू, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.