logo

कांग्रेस नेता जितेन्द्र देव एमाले प्रवेश

 इसीमाना सम्बाददाता      २०८१ असार १७ गते १६: ५८ मा प्रकाशित     455   पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्र देव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देव लगायतका नेताहरू एमाले प्रवेश गर्नुभएको हो । संविधान सभा सदस्य, पूर्वपर्यटन मन्त्री एवं राष्ट्रिय सभाका पूर्वसदस्य समेत रहनु भएका देवलाई एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले एमालेमा स्वागत गर्नुभयो ।

 

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरूको सहभागिता रहेको थियो । उहाँहरूले देव लगायत पार्टी प्रवेश गर्ने नेताहरूलाई खादा र टीका लगाएर स्वागत गर्नुभयो ।

नेकपा मानन्धरबाट राजनीति सुरु गर्नुभएका देव मधेशी जनअधिकार फोरम निर्माण भन्दा पहिला नै नेकपा एमालेको पोलिटब्युरो सदस्यसम्म हुनुभएको थियो । बीचमा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै उहाँ नेपाली कांग्रेसमा पुग्नुभएको थियो । देवले आत्मालोचना गर्दै पुरानै पार्टीमा फर्किएको बताउनुभयो ।

देवसँगै लोकतान्त्रिक समाजवादी पार्टी का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह लगायतका नेताहरू पनि एमाले प्रवेश गर्नुभएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.