logo

पत्रकार महासंघ पर्सा शाखामा युनियनको दुई घण्टा धर्ना

 इसीमाना सम्बाददाता      २०८१ असार १७ गते १५: ०३ मा प्रकाशित     677   पटक पढिएको

वीरगञ्ज । नेपाल प्रेस युनियन पर्सा शाखाले नेपाल पत्रकार महासंघ पर्सा शाखामा सोमवार दुई घण्टा धर्ना दिएको छ । युनियनको केन्द्रीय कार्यक्रम अन्तर्गत धर्ना दिइएको प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहानले बताए ।

नेपाल पत्रकार महासंघले सदस्यता विवाद टुङगो नलगाइ जबरजस्ती निर्वाचन गर्न खोजे आरोप लगाउदै प्रेस युनियन केन्द्रीय कार्यालयले आन्दोलन गर्ने निर्णय गरेको थियो ।


धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी र निलिमा पौडेल, प्रेस युनियन पर्सा शाखा अध्यक्ष चौहानसहित, उपाध्यक्षद्वय क्रान्ति साह, अलि असगर देवान, सदस्यहरु राहुल गुप्ता, उदय दास थारु लगायतको उपस्थिति रहेको थियो।

त्यसअघि यहि असार १५ शनिबार नेपाल प्रेस युनियन पर्सा शाखाले पत्रकार महासंघ पर्सामा तालाबन्दी गरेको थियो । त्रुटि नसच्चयाएसम्म आन्दोलन जारी रहने नेपाल प्रेस युनियन पर्सा शाखाले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.