logo

मधेश प्रदेशको तेश्रो मुख्यमंत्रीमा जनमतका सिंहले दावी पेश गर्ने

 इसीमाना सम्वाददाता     २०८१ जेठ २४ गते १२: ४६ मा प्रकाशित     109   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् ।

जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् ।

तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको सो पार्टीका एक सांसदले बताए ।

पार्टीले मुख्यमंत्री चयन गर्ने जिम्मा अध्यक्ष डा.सि.के.राउतलाई दिएको छ ।

ति सासदले भने सिंहलाई मुख्यमंत्री बनाउने निर्णय अध्यक्षले गर्नु भएको हो ।

जनमत पार्टीको बिहिबार बिहानै बसेको केन्द्रीय सचिवालय बैठकबाट सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले जानकारी दिए ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव हिजो विश्वासको मत नपाएपछि सोही राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले आज सरकारको दावी गर्ने बुझिएको छ ।

नयाँ सरकारको नेतृत्व जनमतलाई दिने निर्णय पनि सत्ता गठबन्धनले गरिसकेको छ । जनमतले मुख्यमन्त्रीका लागि सारेका सिंह सप्तरी २‘क’ बाट निर्वाचित सांसद हुन् । ण्

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

खालिस्तानी समर्थक पन्नु हत्याको कथित षड्यन्त्रको बारेमा अमेरिकाद्वारा भारतसंग अनुसन्धानको अपडेट माँग

नयाँ दिल्ली ।अमेरिकाले खालिस्तानी समर्थक गुरपतवन्त सिंह पन्नुको हत्याको कथित षड्यन्त्रको बारेमा भारतीय अनुसन्धानको अद्यावधिकको लागि लगातार भारतलाई दबाब दिएको बताएको छ।

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

समाज

गाउँपालिका बाट सम्पादीत सबै राम्रा नराम्रा कामको जस लिन्छुः अध्यक्ष यादव

बीरगंज । सखुवा प्रसौनी गाउँपालिकामा सर्वाजनकी सुनवाई सम्पन्न भएको छ । श्री दीप नारायण आर्दश उच्च माविको प्राङ्गणमा भएको सुनवाईमा नागरिकले बिभिन्न सरोरका बिषयमा पालिका नेतृत्व समक्ष सवाल गरेका थिए ।

डाँका समाउदा स्थानीयको अवरोध, प्रहरीले गोली चलाउदा दुई घाइते

नेपालगंज । बाँकेमा डाँका चोरी मुद्दामा फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.