logo

सरवागीले एमालेसंगको यात्रामा लगाए पूर्ण बिराम, बुझाए राजीनामा

 इसीमाना सम्वाददाता     २०८१ बैशाख २८ गते ०१: १८ मा प्रकाशित     454   पटक पढिएको

बीरगज । बीरगंज महानगरपालिकाका पूर्व मेयर बिजय कुमार सरावगीले नेकपा एमाले परित्याग गरेका छन ।

 

नेकपा एमाले पर्साको हालै सम्पन्न अधिवेशन पछि उनी एमाले परित्याग गर्ने निचोडमा पुगेका हुन । अधिवेशनमा उनी समेत सहभागी भएको समुहले नराम्रो पराजयको सामना गर्नु परेको थियो । सरावगीले पहिल देखी नै सक्रिय भूमिका माँग गरिराखेका थिए ।

 

गौर नगरपालिकाको मेयरमा पराजीत अजय गुप्ताले पार्टीमा केन्द्रीय सदस्यको जिम्मेवारी पाएको उदाहरण देखाउदै महानगरको मेयर भएको मान्छेलाई जिम्मेवारी नदिइएको भन्दै असन्तोष ब्यक्त गर्दै आएका थिए ।

 

तर उनले आश्वासन पाए पनि जिम्मेवारी नपाएकोले एमाले परित्याग गर्नु परेको बताएका छन । उनले पार्टीलाई दिएको राजीनामामा पार्टीले बीरगंज महानगर प्रमुखको उम्मेदवार बनाएको प्रति आभार प्रकट गरेका छन ।

 

उनले पार्टी अध्यक्ष के.पी.ओली र पार्टी प्रति ऋणी रहने उल्लेख गरेका छन ।

 

पार्टीले उनलाई सल्लाहकारको जिम्मेवारी दिएको थियो । उनले त्यही जिम्मेवारीले आफूलाई निष्क्रिय बनाएको उल्लेख गरेका छन ।

 

उनले एमालेको साधारण सदस्यताबाट समेत राजीनामा दिदै राजीनमा स्वीकृतिकोलागि अपिल गरेका छन । उनले राजीनामा पार्टी केन्द्रीय अध्यक्षलाई सम्बोधन गरेर लेखाका छन ।

 

राजनीतिभन्दा उद्योग व्यवसायमै आफू सक्रिय हुने पनि उनले बताए । ’हामीजस्ता थुप्रै व्यक्तिलाई पार्टीमा ल्याइन्छ तर कुनै भूमिका दिइन्न,’ उनले भने । २०७८ फागुनमा वीरगन्जको मेयर रहेकै बेला सरावगी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए । 

 

२०७४ सालको स्थानीय निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय निर्वाचनमा भने एमालेबाट मेयर उम्मेदवार बनेका सरावगी जसपाका राजेशमान सिंहसँग पराजित भएका थिए । सिंहसँग उनी करिब २२ हजार मतको अन्तरले पराजित भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.