logo

“पडोसीके साथ आँख मे आँख मिलाके बात करना होगा” एमाले बरिष्ठ उपाध्यक्ष पोख्रेल

 इसीमाना सम्वाददाता     २०८१ बैशाख १७ गते ०६: ४० मा प्रकाशित     416   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको बिषयमा आँखामा आँखा जुधाएर कुरा राख्न सक्नुपर्ने बताए ।

नेकपा एमाले पर्साको नवौं जिल्ला अधिवेशन सोमवार बीरगंजमा उदघाटन गर्दै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘छिमेकी देश भारत र चीनसँग नेपाल र नेपाली जनताको सरोकारका विषयमा आँखामा आँखा मिलाएर बोल्न सक्नुपर्छ ।

वीरगन्ज स्थित भारतीय महावाणिज्य दूतावासको छेउमै रहेको लालबंगला मैदानमा आयोजनीत कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रक्षामन्त्री समेत रहेका बरिष्ठ उपाध्यक्ष पोखरेलले अली जोड दिदै भने पडोसीके साथ आँख मे आँख मिलाके बात करना होगा ।

’उनले देशभित्र आन्तरिक एकता सुदृढ पार्दै छिमेकीहरुसंग आफनो स्वाधिनता र हितकोलागि के.पी.ओलीले डटेर कुरा राखेको स्मरण गरेका । के.पी.ओलीको नेतृत्वमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएकोकुरा सार्वभौम संसदले बहुमतले अनुमोदन गरेको चर्चा गर्दै बरिष्ठ नेता पोख्रेलले अब दुवैदेशसँग राष्ट्रिय सरोकारका विषयमा खुलेर कुरा राख्न सक्नुपर्ने बताए ।

एमालेको अबको एजेण्डा आर्थिक विकास र समृद्धि नै रहेको बताए । उनले उद्योगको विकासद्वारा रोजगारीको सृजना गरी विदेश पलाएन भएका युवा जनशक्तिलाई देशमै रोक्नुपर्ने बेला आएको बताए । उनले नेकपा एमालेले अब प्रधानमन्त्री बन्ने र बनाउने मात्रै नभई देशलाई आर्थिक रुपाम सम्पन्न नागरिकलाई सुखी बनाउनका लागि एजेण्डा अगाडि बढाएको बताए ।

 नेकपा एमाले पर्साका संयोजक डा.विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा मधेस प्रदेश इञ्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्य तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली साह, राजकुमार गुप्ता, प्रभु हजरा लगायत केन्द्र, जिल्ला र स्थानीय तहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

पार्टीको नयाँ नेतृत्व चयन प्रकृया भोली हुने बन्दसत्रपछि शुरु हुने एमाले पर्साले जनाएको छ । बन्दसत्र भोली क्लासिक बंक्वेटमा हुनेछ । बन्दसत्रपछि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु हुनेछ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास पनि हुने एमालेका एक नेताले बताएका छन । पर्साको पार्टी नेतृत्व लिनकालागि डा. बिश्वम्भर शर्मा,जयप्रकाश थारु,शिव पटेलको आकांक्षी देखिएका छन ।

जालिम मियाको नाम समेत अध्यक्षमा चर्चामा ल्याइएको छ । प्यानल बनाएर चुनाव मै जाने तयारी पनि छ । डा. शार्माको नेतृत्वमा उपाध्यक्षमा मनोज गुप्ता सचिवमा शिवजी गुप्ता अर्को तर्फ जय प्रकाश थारुको नेतृत्वमा उपाध्यक्षमा शिव पटेल सचिवमा नवराज शर्माको नामपनि चर्चामा आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.