logo

डा.के.सी.को जीवन रक्षाको माँग गर्दै बीरगंजमा प्रर्दशन

      10/7/2020 गते 00 00 मा प्रकाशित     704   पटक पढिएको

१९ औं पटक अनसन गरिरहेका प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षा माँग गर्दै बीरगंजमा जि.पी. फाउण्डेशनले प्रर्दशन गरेको छ ।  

स्वास्थ्य शिक्षा क्षेत्रमा सुधार लगायतका मागहरु राख्दै अनशन बस्नु भएका डाक्टर केसीको जीवन रक्षा र उहाँका माँग पुरा गराउनकालागि  वीरगञ्जस्थति घण्टाघर चोकमा फाउण्डेशनले प्रदर्शनको आयोजना गरेको हो ।

 

प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीले उठाएका सम्पूर्ण मुद्दाहरुलाई राज्यले छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने माग राखेका थिए । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी समेत गरेका थिए ।

 


फाउण्डेशनका अध्यक्ष महम्मद शाहबुदिनको नेतृत्वमा प्रर्दशन गरिएको थियो । यस अघि बीरगंजका युवाहरुले पनि घण्टाघरमा प्रर्दशन गरेका थिए । प्रदर्शनमा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, चिकित्सक डा. उदय नारायण सिंह, जसपाकी नेतृ मोनिका सिंह, सामाजिक अभियन्ता प्रकाश थारु, शिवनाथ यादव, प्राध्यापक डा. प्रमोद कुश्वाह, ओमप्रकाश सर्राफ ज्योति साहलगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.