logo

पटेर्वा सुगौलीमा एमालेको होलीमिलन, पार्टीलाई एकढिक्का र एकताबद्ध बनाउने प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८० चैत १० गते ०९: २४ मा प्रकाशित     543   पटक पढिएको

बीरगंज । नेकपा एमालेको पटेर्वा सुगौली गाउँपालिका कमिटीले फागू पूर्णिमाको अवसरमा शनिवार भब्य कार्यक्रम सम्पन्न गरेको छ ।


पटेर्वा सुगौली २ को गादीमाई मन्दीर प्राङ्गणमा भएको कार्यक्रममा नेकपा एमालेका नेता तथा पटेर्वा सुगौली गाउँपालिकाका नागरिकको सहभागिता रहेको थियो ।

May be an image of one or more people, crowd and temple
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य राजकुमार गुप्ताले होली पर्व असत्य माथि सत्यले अर्धम माथि धर्मले अन्याय बिरुद्ध न्यायले जीत हासील गरेकोले उत्सवको रुपमा मनाउदै आएको परम्परा रहेको बताए ।

 

उनले होली सहिष्णुता र आस्थाको पर्व भएको चर्चा गर्दै सद्दभाव र सहकार्यकोलागि वतावरणको निर्माण होली पर्वको मर्म रहेको बताए । उनले नेकपा एमाले आफूहरुको आस्थाको केन्द्र भएको चर्चा गर्दै सम्पूर्ण एमालेजनमा एमालेपनको मित्रता र भावना जागृत हुने बिश्वास ब्यक्त गरे ।

May be an image of 8 people, temple and text
स्थानीय तहको निर्वाचन पनि निष्क्रिय जस्तै भएको नकेपा एमालेले होली मिलन समारोह मार्फत पार्टीलाई गातिशिल बनाउन शुरु गरेको छ । पार्टीले स्थानीय सरकारका जनबिरोधी कामहरुको भण्डाफोर गर्ने अभियान चलाउने भएको छ ।

 

हिजोका दिनमा पार्टीमै बसेर पार्टीलाई अहित पुग्ने गतिविधि गर्नेहरुले आत्मआलोचना गरेर पार्टीको एकताको पक्षमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।

May be an image of one or more people, crowd, temple and text

कार्यक्रममा सम्बिधान सभा सदस्य जयप्रकाश थारु,प्रतिनिधि सभाका निर्वतमान सदस्य हरिनारायण रौनीयार, नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा,प्रदेश सभाका सदस्य मन्जुर आलम, पटेर्वा सुगौली गाउँपालिकाका निर्वतमान अध्यक्ष हरिनारायण चौधरी , मन्तुरा चौधरी, ह्रदय नारायण चौधरी , फरमान मिया अन्सारी, बीरेन्द्र चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम पालिका कमिटीका अध्यक्ष पुरन यादवको अध्यक्षतामा भएको थियो भने संचालन रेयाज अहमद र स्वागत प्रमोद उपाध्यायले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.