logo

पटेर्वा सुगौलीमा एमालेको होलीमिलन, पार्टीलाई एकढिक्का र एकताबद्ध बनाउने प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८० चैत १० गते ०९: २४ मा प्रकाशित     771   पटक पढिएको

बीरगंज । नेकपा एमालेको पटेर्वा सुगौली गाउँपालिका कमिटीले फागू पूर्णिमाको अवसरमा शनिवार भब्य कार्यक्रम सम्पन्न गरेको छ ।


पटेर्वा सुगौली २ को गादीमाई मन्दीर प्राङ्गणमा भएको कार्यक्रममा नेकपा एमालेका नेता तथा पटेर्वा सुगौली गाउँपालिकाका नागरिकको सहभागिता रहेको थियो ।

May be an image of one or more people, crowd and temple
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सदस्य राजकुमार गुप्ताले होली पर्व असत्य माथि सत्यले अर्धम माथि धर्मले अन्याय बिरुद्ध न्यायले जीत हासील गरेकोले उत्सवको रुपमा मनाउदै आएको परम्परा रहेको बताए ।

 

उनले होली सहिष्णुता र आस्थाको पर्व भएको चर्चा गर्दै सद्दभाव र सहकार्यकोलागि वतावरणको निर्माण होली पर्वको मर्म रहेको बताए । उनले नेकपा एमाले आफूहरुको आस्थाको केन्द्र भएको चर्चा गर्दै सम्पूर्ण एमालेजनमा एमालेपनको मित्रता र भावना जागृत हुने बिश्वास ब्यक्त गरे ।

May be an image of 8 people, temple and text
स्थानीय तहको निर्वाचन पनि निष्क्रिय जस्तै भएको नकेपा एमालेले होली मिलन समारोह मार्फत पार्टीलाई गातिशिल बनाउन शुरु गरेको छ । पार्टीले स्थानीय सरकारका जनबिरोधी कामहरुको भण्डाफोर गर्ने अभियान चलाउने भएको छ ।

 

हिजोका दिनमा पार्टीमै बसेर पार्टीलाई अहित पुग्ने गतिविधि गर्नेहरुले आत्मआलोचना गरेर पार्टीको एकताको पक्षमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।

May be an image of one or more people, crowd, temple and text

कार्यक्रममा सम्बिधान सभा सदस्य जयप्रकाश थारु,प्रतिनिधि सभाका निर्वतमान सदस्य हरिनारायण रौनीयार, नेकपा एमाले पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा,प्रदेश सभाका सदस्य मन्जुर आलम, पटेर्वा सुगौली गाउँपालिकाका निर्वतमान अध्यक्ष हरिनारायण चौधरी , मन्तुरा चौधरी, ह्रदय नारायण चौधरी , फरमान मिया अन्सारी, बीरेन्द्र चौधरी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम पालिका कमिटीका अध्यक्ष पुरन यादवको अध्यक्षतामा भएको थियो भने संचालन रेयाज अहमद र स्वागत प्रमोद उपाध्यायले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.