logo

संघीयताको खारेजी आवश्यकः राप्रपा अध्यक्ष लिङ्गदेन

 इसीमाना सम्वाददाता     २०८० चैत ६ गते ०८: ५३ मा प्रकाशित     504   पटक पढिएको

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश बर्बाद हुनुमा मधेशकेन्द्रीत दलहरू मुख्य दोषी रहेको आरोप लगाएका छन्।


राप्रपा पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्गदेनले संघीयताको खारेजीको माँग समेत गरे ।

मधेसमा आफ्नो पार्टीको स्थिति दयनीय रहेको बताउदै उनले पार्टीमा छलफल गरेर मधेसको कुरा सुनेर अघि बढ्ने बताए ।


मधेसको नाममा पार्टी खोलेर प्रधानमन्त्रीबाहेक पटक–पटक मन्त्री भएका नेताहरुकै कारण मधेसपछि परेको लिङ्देनको भनाइ थियो।उनले राजाको पालामा स्थापना भएको वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखानाजस्ता उद्योगहरु अहिले आएर नेताहरुका कारण बन्द भएको बताए।


गणतन्त्र, धर्मनिरपेक्षता आएपछि सबैभन्दा बढी दुःख मधेसले पाएको उनको भनाइ थियो। परिवर्तनले देशलाई फाइदा मात्रै नभइ घाटा पनि पुर्‍याउन सक्नेतर्फ सचेत गराउने पार्टी राप्रपा मात्रै भएको लिङ्देनको जिकिर थियो। संघीयता र गणतन्त्रले केही मानिसहरु मात्र मोटाएको उनको आरोप थियो।


सो अवसरमा राप्रपाका, रवीन्द्र मिश्र, धबल शमशेर जबरा, ज्ञानेन्द्र शाही, नेतृ खुशबु ओलीलगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा सांसद विना जायसवाल, जिल्ला अध्यक्ष सुमेश्वर उपाध्याय, उपाध्यक्ष नीरा झालगायतको उपस्थिति रहेको थियो।


सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेकाहरूलाई केन्द्रिय अध्यक्ष लिङदेनले टिका, खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.