logo

संघीयताको खारेजी आवश्यकः राप्रपा अध्यक्ष लिङ्गदेन

 इसीमाना सम्वाददाता     २०८० चैत ६ गते ०८: ५३ मा प्रकाशित     418   पटक पढिएको

वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले मधेश बर्बाद हुनुमा मधेशकेन्द्रीत दलहरू मुख्य दोषी रहेको आरोप लगाएका छन्।


राप्रपा पर्साले मंगलबार वीरगंजमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्गदेनले संघीयताको खारेजीको माँग समेत गरे ।

मधेसमा आफ्नो पार्टीको स्थिति दयनीय रहेको बताउदै उनले पार्टीमा छलफल गरेर मधेसको कुरा सुनेर अघि बढ्ने बताए ।


मधेसको नाममा पार्टी खोलेर प्रधानमन्त्रीबाहेक पटक–पटक मन्त्री भएका नेताहरुकै कारण मधेसपछि परेको लिङ्देनको भनाइ थियो।उनले राजाको पालामा स्थापना भएको वीरगंज चिनी कारखाना, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखानाजस्ता उद्योगहरु अहिले आएर नेताहरुका कारण बन्द भएको बताए।


गणतन्त्र, धर्मनिरपेक्षता आएपछि सबैभन्दा बढी दुःख मधेसले पाएको उनको भनाइ थियो। परिवर्तनले देशलाई फाइदा मात्रै नभइ घाटा पनि पुर्‍याउन सक्नेतर्फ सचेत गराउने पार्टी राप्रपा मात्रै भएको लिङ्देनको जिकिर थियो। संघीयता र गणतन्त्रले केही मानिसहरु मात्र मोटाएको उनको आरोप थियो।


सो अवसरमा राप्रपाका, रवीन्द्र मिश्र, धबल शमशेर जबरा, ज्ञानेन्द्र शाही, नेतृ खुशबु ओलीलगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा सांसद विना जायसवाल, जिल्ला अध्यक्ष सुमेश्वर उपाध्याय, उपाध्यक्ष नीरा झालगायतको उपस्थिति रहेको थियो।


सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेकाहरूलाई केन्द्रिय अध्यक्ष लिङदेनले टिका, खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.