logo

सुशासन र विकास के हो भन्ने कुरा जनताको बिचमा देखाउन चाहन्छौँः महासचिव पोख्रेल

 इसीमाना सम्वाददाता     २०८० चैत १ गते ०७: ४२ मा प्रकाशित     360   पटक पढिएको

बीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सत्ता गठबन्धन देशमा विकास र सुशासन दिन बनेको बताएका छन छ ।


बिहीबार वीरगञ्जमा आयोजित नेकपा एमालेको पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमा छाएको निराशा चिर्न नयाँ गठबन्धन बनाइएको बताएका हुन । अब निराशालाई तोड्नु पर्छ भनेर नेकपा एमाले लागेको उनले प्रष्ट पारे ।

 

‘सुशासन र विकास के हो भन्ने कुरा अब जनताको वीचमा आफूहरुले देखाउने बताए । महासचिव पोखरेलले आर्थिक सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नु पर्ने हो त्यस अनुसार अघि बढ्न नसकेको बताए । महासचिव पोखरेलले क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने बताए ।

 

मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेका उनले टिप्पणी गरे । तर उनीहरूको कारण मधेसको समय बरबाद भएको पोखरेलको भनाई थियो ।


अहिले पनि मधेसको राजनीतिलाई क्षेत्रीयता तर्फ नै होम्ने प्रयास भइरहेको चर्चा गर्दै महासचिव पोख्रेलले त्यसले समग्र मधेसको हित गर्न नसक्ने प्रष्ट पारे ।


एमालेलाई मधेस विरोधी हो भन्ने कुप्रचार गर्ने प्रयत्न गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले बताए । नेकपा एमालेको नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको उनको भनाइ छ ।

 

मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने उनको धारणा छ ।
नेपाली जनताको स्वाभिमान जगाउने नेताको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली भएको उनले बताए ।

 

छिमेकीको आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उनले दावी गरे ।


कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेको उनले बताए । कपा एमाले भएको उहाँले दाबी गर्नुभयो । ‘मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा एमाले छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ’, पोखरेलले भने ।


नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको उनले जानकारी दिए । यसबाट नेपालको तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने उनले प्रष्ट पारे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेशका इन्चार्ज योगेश भट्टराई, नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता,प्रभू हजरा, निर्मला देवकोटा, पार्टीका मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव लगायतका नेताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।


कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल,अच्यूत मैनाली केन्द्रीय सदस्य सरोज यादव, प्रदेश सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारी प्रदेश सदस्यहरु जयप्रकाश थारु ,बीरेन्द्र यादव, सलाउदिन अहमद, पर्सागढीका नगरप्रमुख गोकर्ण पाठक, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव बीरगंज महानगरका पूर्व प्रुमुख बिजय कुमार सरावगी लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन एमालेका युवा नेता मनोज गुप्ता र स्वागत मन्तब्य जिल्ला सदस्य शिव गुप्ताले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.