logo

मधेश सरकारको नेतृत्वकोलागि एमालेको दाबी

 इसीमाना सम्वाददाता     २०८० फागुन २७ गते ०५: २८ मा प्रकाशित     350   पटक पढिएको

चन्द्रपुर ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ । आइतबार नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पुर्ण बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो ।

 

मधेसमा नेकपा एमाले सबैभन्दा ठुलो दल भएकाले स्वभाविक रुपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए ।

 No description available.

उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमालेको नेतृत्वले मात्रै दिनसक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए ।

 

नेकपा एमालेका केन्द्रिय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनैपनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दावी छाड्न नहुने भन्दै यसका लागि आफुले पनि केन्द्रिय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

उनले मधेसी जनताको जनमत एमाले नेतृत्वको सरकारको लागि भएकाले गठबन्धनमा आवद्ध दलहरुले पनि जनमतको कदर गर्दै निशर्त एमालेलाई नेतृत्व दिनुपर्ने बताउँदै यसमा कसैले विवाद गर्नु नहुने धारणा व्यक्त गरे ।

 

नेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रिय सदस्य, मधेस प्रदेश सदस्यहरुको सहभागिता रहेको छ ।

 

बैठकले मधेस प्रदेशका जनजिविकाको सवालहरूलाई पनि विशेष निर्णय गरेको सचिव पौडेलले जानकारी दिए ।

 

बैठकले जिम्मेबारी बाडफाड लगायतको निर्णय समेत गरेको नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.