logo

कोराना बिरुद्ध फ्रन्टलाईनमा रहेर काम गर्ने पर्सेली पत्रकारहरु भाईजान्स अफ  बीरगंज सस्थाद्वारा  सम्मानीत 

      9/12/2020 गते 00 00 मा प्रकाशित     749   पटक पढिएको

भाईजान्स अफ बीरगंज नाम गैरसरकारी  सस्थाले पर्सेली पत्रकारलाई सम्मान गरेको छ ।आज नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मान समारोह  कार्यक्रमको आयोजना गरि पर्सेली पत्रकारलाई सम्मान गरिएको हो ।

 


कोरोना भायरसको संक्रमणले उत्पन्न गरेको  महामारीको बेलामा पनि   पर्सेली पत्रकारहरुले आफ्नो ज्यानको प्रवाह नगरी फ्रन्टलाईनमा रहि सत्यतथ्य समाचार सम्प्रेषण गरेर महत्वपूर्ण  योगदान दिदै आएकोले उनीहरुलाई सम्मान गरेको आयोजक संस्थाले जनाएको छ ।   पत्रकारको हौसला बढाउन र जिम्मेवारी पुर्वक काम गर्न उत्साह बढने उद्धेश्यले दोसल्ला ओढाई प्रशंसा  पत्र सहित  सम्मान गरिएको भाईजान्स अफ बीरगंजका अध्यक्ष नौसाद अन्सारीले बताउनु भयो ।


सम्मानित हुनु हुनेमा नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष के.सी. लामिछाने , पर्साका  नेपाल पत्रकार महासंघ पर्सा,अध्यक्ष श्याम बन्जरा , बिबिसी नेपाल बीरगंजका सम्बादाता माधुरी महतो, रेडियो बीरगंजका संचालक ध्रुब साह ,बिमला गुप्ता , राजधानी दैनिकका बिजय भन्डारी , एभिन्युजका राजन रौनियार , नेपाल टेलिभिजनका नेहाल खान , कान्तिपुर दैनिकका भुषण यादव , जनता टेलिभिजनका सन्जिब मिश्र , रातो पार्टीका अमित अग्रवाल , न्युज २४ का जाकिर हुसेन , अंकुश  दैनिकका संतोषमान रन्जितकार , पर्सा पोस्टका प्रकाशक अजित कुमार भुजेल , न्युज प्वाईन्टका मन्सुर खान , बीरगंज सन्जालका कृष्णा श्रीवास्तव , प्रहार डेली डट कमका राहुल गुप्ता , सान्भी एफएमका हेमन्त तामाङ लगायत २५ जना पत्रकारलाई सम्मान गरिएको  भाईजान्स अफ बीरगंजका सचिव जुनेद अहमदले जानकारी दिनु भयो।

 


त्यसै गरि भाईजान्स अफ बीरगंजले यश अघि कोभिड  १९ कोरोना भाईरसमा आफ्नो परिवार र आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र कोरोना संक्रमितहरुको सेवा गर्दै आईरहेका बीरगंजका चिकित्सक ,  स्वास्थ्यकर्मी र सफाईकर्मी लाई पनि सम्मान गरेको थियो ।भाईजान्स अफ बीरगंज छोटो समयमा नै समाजिक कार्यमा धेरै काम गर्दै आईरहेको सस्था हो।

 


भाईजान्स अफ बीरगंजका अध्यक्ष नौसाद अन्सारीको अध्यक्षतामा र नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्य भएको पत्रकार सम्मान समारोहमा बिशिस्ट अतिथि प्रदेश न. २ का उपाध्यक्ष के.सी. लामिछाने , पर्साका अध्यक्ष श्याम बन्जरा , भाईजान्स अफ बीरगंजका उपाध्यक्ष साहिब खान, सचिव जुनेद अहमद , सल्लाहकार जब्बार अन्सारी , सदस्य रोशन जंग बहादुर , अख्बर मन्सुरी , अक्रम हुसेन , गुलसन यादव लगायतकाको सहभागीता रहेको थियो ।
कार्यक्रम संचालन भाईजान्स अफ बीरगंजका सदस्य साहिब अन्सारीले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.