logo

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री स्व. कोइरालाको स्मरणमा बिद्यार्थीले गरे दीप प्रज्वलन

      9/11/2020 गते 00 00 मा प्रकाशित     738   पटक पढिएको

नेपालका प्रथम जननिर्वाचित प्रधानमंत्री बि.पी कोइरालको १०७ औ जन्म जयन्तीको अवसरमा नेपाल बिद्यार्थी संघ पर्साले बिहिवार साँझ दीप प्रज्वलन गरेको छ ।

 

ठाकुरराम बहुमुखी क्याम्पसको प्राङ्गणमा  आयोजना गरिएको दीप प्रज्वलन समारोहमा नेपालको राजनीति र र साहित्यमा पनि उत्तिकै योगदान दिनु भएका स्व. कोइरालाको बारेमा बिभिन्न वक्ताहरुले चर्चा गरेका थिए । 

 


स्व. कोइरालाको नेतृत्वमा नै रैतीलाई नागरिक बनाउने नेपाली लोकतानित्रक आन्दोलनको शंखघोष भएको थियो । आज नेपाली नागरिक मुलुकको मालिक बनेका छन । रैती र प्रजा भनेर भन्नेहरु इतिहासको गर्तमा बिलिन भएका छन ।

 

यो अवस्थाको स्थापनामा स्व.कोइरालाको बिशेष योगदान रहेको भन्दै वक्ताहरुले उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका थिए । 


 दिप प्रज्वलन कार्यक्रममा ज्ञात अज्ञात सहिद प्रती एक मिनेट मौन धारण समेत गरिएको थियो । कार्यक्रममा उपस्थित नेता तथा कार्याकर्ताहरुले विपी कोइरालाले नेपालमा प्रजातन्त्र स्थपनाका लागि गरेको योगदानका बारेमा चर्चा गरेका थिए ।

 

कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा आएको गणतन्त्र र प्रजातन्त्र स्थापनामा विपीको योगदानको कसैसँग तुलना गर्ननसकिने बताएका थिए ।

नेविसंघका जिल्ला अध्यक्ष विश्वास द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा  पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरी नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला सचिव श्याम पटेल, सह सचीव रोशन लामिछाने, जिल्ला सदस्य बैकुण्ठ श्रीवास्तव, ठाकुर राम क्याम्पसका पुर्व क्याम्पस प्रमुख ललन द्विवेदी, प्रमोद कुशवाहा, नेविसंघका पुर्व केन्द्रिय सदस सुधिर पटेल, नेता बिकेस पटेल, जितेन्द्र मिश्रा, इङ्गरासन यादव, मुनराज तिवारी, प्रिन्स  तिवारी लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.