logo

राष्ट्रिय सभा सदस्यकालागि नेपाली कांग्रेसमा पर्साका अमात्यको नाम सिफारिश

 इसीमाना सम्वाददाता     २०८० पौष १५ गते ०४: ४० मा प्रकाशित     368   पटक पढिएको

बीरगंज । सत्तारुढ नेपाली कांग्रेस मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरुको को नाम सिफारिस गरेको छ ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णकुमार यादवले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जानकारी दिए ।

पर्साबाट नेपाली कांग्रेसका पर्साका पूर्व सभापति संबिधान सभाका सदस्य अधिवक्ता समेत रहेका राजेन्द्र शहादुर अमात्यको नाम सिफारिश भएको छ । शहीद तेज बहादुर अमात्यका सुपुत्र अमात्य भद्र तथा शालीन नेताको रुपमा परिचित छन ।

 

कांग्रेस मधेश प्रदेश समितिले पहिलो प्रथामिकतामा अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगाना र दोश्रो प्रथामिकतामा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम सिफारिश गरेको छ ।


त्यसपछि सर्लाहीबाट नागेन्द्रकुमार, बाराबाट राधेचन्द्र यादव, महोत्तरीबट रामचन्द्र तिवारी, पर्साबाट राजेन्द्र बहादुर अमात्य र रौतहटबाट हृदयनारायण यादवको नाम राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारको रुपमा सिफारिश गरेको छ ,

नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सात वटै प्रदेशबाट नाम संकलन गरेको छ ।


राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना राष्ट्रियसभा सदस्यका लागि पुस २३ गते उम्मेदवारले आफ्नो नाम दर्ता गराउनुपर्ने हुन्छ । सरकारको सिफारिसमा राष्ट्रपतिले एक जनालाई मनोनीत गर्ने व्यवस्था रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.