logo

उखुको मूल्य तोक्न माँग गर्दै लाक्रो सहित राजमार्गमा किसानको परेड

 इसीमाना सम्वाददाता     २०८० मंसिर ३० गते ०५: ३० मा प्रकाशित     529   पटक पढिएको

हरिवन। उखुको मूल्य तोक्न माँग गर्दै सर्लाहीको हरिवनमा उखु किसानले उखुको लाक्रा बोकेर प्रर्दशन गरेका छन ।

 

उखुको मुल्य तोक्न र उखु किसानको बाँकी रहेको रकम भूक्तानीको माँग राखेर उनीहरु प्रर्दशनमा उत्रिएका हुन । हरिवन बजारबाट शुरु भएको किसानको प्रर्दशन इन्दुशंकर चीनीमिल हुदै पूनः हरिवन बजारमा आएर सभामा परिणत भएको थियो ।

 

आन्दोलनको तयारी स्वरुपमा हरिवनमा हिजो मात्र किसानहरुको भेला सम्पन्न भएको थियो । यो वर्ष किसानले उखुको मूल्य प्रति क्वीन्टर ७ सय ५० हुनु पर्ने माँग राखेको अखिल नेपाल किसान महासंघकी नेतृ अन्जना कडरियाले जानकारी दिइन ।

 

सरकारले गत वर्षको ७० रुपैया मध्य २१ रुपैया मात्र भूक्तानी दिएको र भूक्तानी दिन बाँकी ४९ रुपैया भुक्तानी दिन माँग गरेका छन । उखु काटेर बेच्ने बेला हुदा समेत सरकारले उखुको मूल्य नतोकेर राज्यबिहिनताको अवस्था बनाईदिएकोले उखु किसान निराश भएको नेतृ कडरियाको भनाई छ ।

 

उखुको मूल्य नतोकी उखु क्रसिङ नगर्न किसानले उधोगलाई अपिल गरेका छन । चीनीको बढदो मूल्य र उखु उत्पादनको लागतलाई ध्यानमा राखेर यो वर्ष उखुको मूल्य ७ सय ५० तोकिनु पर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको भनाई छ ।

 

मंसीर २५ गते कृषि मंत्रालयको बार्तामा उखुको मूल्य ५ सय ६५ गरिएकोमा किसानले त्यसलाई अस्वीकार गरेका थिए । गत वर्ष सरकारी अनुदान सहित उखुको मूल्य ६ सय १० रुपैया कायम भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.