logo

उखुको मूल्य तोक्न माँग गर्दै लाक्रो सहित राजमार्गमा किसानको परेड

 इसीमाना सम्वाददाता     २०८० मंसिर ३० गते ०५: ३० मा प्रकाशित     430   पटक पढिएको

हरिवन। उखुको मूल्य तोक्न माँग गर्दै सर्लाहीको हरिवनमा उखु किसानले उखुको लाक्रा बोकेर प्रर्दशन गरेका छन ।

 

उखुको मुल्य तोक्न र उखु किसानको बाँकी रहेको रकम भूक्तानीको माँग राखेर उनीहरु प्रर्दशनमा उत्रिएका हुन । हरिवन बजारबाट शुरु भएको किसानको प्रर्दशन इन्दुशंकर चीनीमिल हुदै पूनः हरिवन बजारमा आएर सभामा परिणत भएको थियो ।

 

आन्दोलनको तयारी स्वरुपमा हरिवनमा हिजो मात्र किसानहरुको भेला सम्पन्न भएको थियो । यो वर्ष किसानले उखुको मूल्य प्रति क्वीन्टर ७ सय ५० हुनु पर्ने माँग राखेको अखिल नेपाल किसान महासंघकी नेतृ अन्जना कडरियाले जानकारी दिइन ।

 

सरकारले गत वर्षको ७० रुपैया मध्य २१ रुपैया मात्र भूक्तानी दिएको र भूक्तानी दिन बाँकी ४९ रुपैया भुक्तानी दिन माँग गरेका छन । उखु काटेर बेच्ने बेला हुदा समेत सरकारले उखुको मूल्य नतोकेर राज्यबिहिनताको अवस्था बनाईदिएकोले उखु किसान निराश भएको नेतृ कडरियाको भनाई छ ।

 

उखुको मूल्य नतोकी उखु क्रसिङ नगर्न किसानले उधोगलाई अपिल गरेका छन । चीनीको बढदो मूल्य र उखु उत्पादनको लागतलाई ध्यानमा राखेर यो वर्ष उखुको मूल्य ७ सय ५० तोकिनु पर्ने नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीको भनाई छ ।

 

मंसीर २५ गते कृषि मंत्रालयको बार्तामा उखुको मूल्य ५ सय ६५ गरिएकोमा किसानले त्यसलाई अस्वीकार गरेका थिए । गत वर्ष सरकारी अनुदान सहित उखुको मूल्य ६ सय १० रुपैया कायम भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.