logo

पहाडका समस्या र समस्या समाधानको उपायको बारेमा पार्टीले अनेक ज्ञान प्राप्त गरेको छः एमाले अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८० मंसिर २७ गते ०५: १२ मा प्रकाशित     412   पटक पढिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काम गर्ने इच्छा शक्ति हुने हो भने धेरै काम गर्न सकिने बताएका छन ।

झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाकाबन्दी, भूकम्प र कोभिड महामारीको बेलामा पनि नेकपा एमालेले धेरै काम गरेको बताए ।

नेकपा एमाले सरकारबाट हटेपछि भूकम्प पछिको पुनर्निर्माणका सबै काम रोकिएको अवस्थामा पुनः नेकपा एमाले सरकारमा गएपछि सबै पुनर्निर्माणका काम गरेको उनले स्मरण गराए । यस बाहेक विद्युत्, खानेपानी, सडक, पुल, सिँचाई रेल, पूर्वाधार, अनेक खालका विकास नेकपा एमालेले गरेको ओलीले बताउनुभयो । ‘हाम्रो समयमा धेरै कामहरू भए, विरोधीहरू आत्तिए’, उनले भने ।

एमालेको काम देखेर विरोधीहरूले लगातार मुख छाडेका ओलीले बताए । तिनै शक्ति एमाले भित्र समेत घुसेर पार्टी फुटाउने काम गरेको ओलीको भनाइ छ । अनेक जाल झेल गरेर, बहुमतको सरकार ढालेर, अदालतको सहारा लिएर समय नै तोकेर दक्षिणपन्थीको हातमा सत्ता जिम्मा लगाउने काम भएको उनले बताए ।

एमालेलाई केही समयको लागि सत्ताबाट हटाएको भए पनि फेरी जनताको बहुमत सहित एमाले सरकारमा पुग्ने ओलीले दाबी गरे । नेकपा एमाले गठबन्धन खोजेर हिँड्न झञ्झट नगर्ने तर कोही राष्ट्रिय शक्ति बन्न आउँछौँ भन्छन् भने हात मिलाएर अघि बढ्ने उहाँले प्रष्ट पारे ।

सबै सिद्धाउन खोज्दा पनि कसैले सिद्ध्याउन नसकेर नेकपा एमाले पहिलो राष्ट्रिय शक्ति बनेर आएको उनले दाबी गरे । तर यतिले पनि नपुगेको भन्दै ओलीले नेकपा एमालेको लागि एकल बहुमत आवश्यक रहेको प्रष्ट पारे ।

जनताका कुरा सुन्न र जनतासँग प्रत्यक्ष भेटघाट गर्न नेकपा एमाले जनताको बिचमा आएको उनले बताए । समस्या के छन् र समाधान कसरी हुन्छ भन्ने सुझाव लिई योजना बनाउन समृद्धिको लागि संकल्प यात्रा आयोजना गरिएको ओलीको भनाइ छ ।

ओलीले यो अभियानले नेकपा एमालेले जनताका समस्या र समाधानका उपायको विषयमा विद्यावारिधि प्राप्त गरेको बताए । यसले पहाडका समस्या र समस्या समाधानको उपायको बारेमा पार्टीले अनेक ज्ञान प्राप्त गरेको उहाँले प्रष्ट पारे ।

यो ज्ञान र सिपलाई व्यवहारिक प्रयोगमा ल्याउन २०८४ मा नेकपा एमालेको एकल बहुमतको सरकार बन्नु पर्ने ओलीले बताए । अब पार्टी, पार्टीका कार्यकर्ता र नेपाली जनताले कुनै पनि गल्ती गर्न नहुने उनले स्ष्ट पारे । अब पनि गल्ती भयो भने देशको अस्तित्व नै संकटमा पर्न सक्ने उनले बताए ।


मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.