logo

हर्कपुरबाट एमाले अध्यक्ष ओलीको सन्देश ,एमालेले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न सक्छ

 इसीमाना सम्वाददाता     २०८० मंसिर २६ गते १७: १८ मा प्रकाशित     591   पटक पढिएको

ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मात्रै देशमा शान्ति सुव्यस्था कायम गर्न सक्ने बताएका छन ।

पार्टीको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत मंगलबार ओखलढुंगाको हर्कपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै देशमा शान्ति सुरक्षा कायम गर्न सक्ने बताएका हुन ।

 

अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न पनि एमालेलेमात्रै गर्न सक्ने बताए । अध्यक्ष ओलीले भने ‘एमाले मात्रै हो जसले शान्ति सुव्यवस्था कायम गर्न सक्छ, भ्रष्टाचार नियन्त्रण गर्न सक्छ, तस्करी नियन्त्रण गर्न सक्छ, सुशासन दिन सक्छ, कानुनको राज, न्यायको राज एमालेले मात्रै दिन सक्छ।’

देश र जनताका लागि काम गर्ने अनि राष्ट्रिय हितका लागि काम गर्ने पार्टी एमाले मात्रै हो भन्ने पुष्टि भइसकेको उनले प्रष्ट पारे ।

अध्यक्ष ओलीले एमाले जतिबेला सरकारमा पुगेको छ त्यतीबेला राष्ट्र हितको पक्षमा काम गरेको बताए ।


एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढावा दिइरहेको बताए उनले “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई भित्र भित्रै बढाबा दिएर चलिरहेको बताए ।


आजै खोटाङको हलेसीमा स्थानीय बासिन्दा,कार्यकर्ता र नेताहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । आजको बास खोटाङको दिक्तेलमा हुनेछ । आज यात्राले ६६ किलोमिटरको दुरी पार गर्ने छ ।

 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडका समस्या पहिचान र समाधानका उपायका विषयमा स्थानीयबासिन्दाहरुसँग प्रत्यक्ष संवाद गर्न एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी यात्रा सुरु गरेको हो । बैतडीको झुलाघाटबाट सुरु भएको यो यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर पुष १ गते समापन हुदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.