logo

सत्ताधारी लोसपमा बिवाद, बरिष्ठ नेता महतोले गरे बैठक बहिष्कार,कांग्रेस पृष्ठिभूमीकालाई जिम्मेवारी दिएको आरोप

 इसीमाना सम्वाददाता     २०८० मंसिर २४ गते ०१: ४९ मा प्रकाशित     622   पटक पढिएको

काठमाडौं । सरकारमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद बढेको छ । लामो समय पछि पार्टीको केन्द्रीय समिति बैठक आव्हान भएको र त्यसमा बरिष्ठ नेता राजेन्द्र महतो अनुपस्थित भएपछि बिवाद सार्वजनीक भएको हो ।

 

बरिष्ठ नेता महतो पार्टीको केन्द्रीय समिति बिस्तार देखीनै असन्तुष्ट थिए । अध्यक्ष ठाकुरले महतोको माँग समबोधन नगरि केन्द्रीय समितिको बैठक बोलाएका हुन ।

 

विवादकै कारण बरिष्ठ नेता राजेन्द्र महतोले आज देखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । यधपी बैठक भने अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सुरु भएको छ ।

 

महत्तोले अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको , कार्यशैली सुधार नगरेको र सुधार्ने कुनै संकेत पनि नदेखाएको भन्दै बैठक बहिस्कार गरेको बताएका छन् ।
‘३० वर्षदेखि मधेशमा राजनीति गरिरहेका पुराना साथीभाइलाई छुटाएर केन्द्रीय समिति विस्तार गरिएको रहेछ,’ महतोले नेपालखबरसँग भने, ‘मैले यसलाई सच्याउनुस्, गलत भयो भनेर महन्थजीसँग आपत्ति जनाएको थिएँ तर, मान्नु भएको रहेनछ।’

‘पुराना साथीहरुलाई छोड्न कसरी मिल्छरु जबकि महन्थजी कांग्रेसबाट आउनुभएको हो, उहाँले करेक्सन गर्छु भनेर कार्यान्वयन नगरेपछि विरोधस्वरुप बैठक बहिस्कार गरेँ,’ महतोले थपे।

केन्द्रीय समिति बिर देखि अन्य कतिपय निर्णय अध्यक्ष ठाकुरले एकलौटी गरेको महतोको आरोप छ । उनले पार्टीभित्र मधेसबादका लागि लडेकाहरुलाई पाखा लगाउने र पूर्व कांग्रेसबाट आएकालाई पृष्ठभूमिकै आधारमा संरक्षण गर्ने कार्यशैली मात्र अध्यक्ष ठाकुरले देखाएको महतोको आरोप छ ।

लोसपाको केन्द्रीय समिति बैठक बबरमहलको कार्की ब्यांक्वेटको जारी छ । तर महतो घरमै आराम गरि बसिरहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.