logo

विकास निर्माण होइन गठबन्धन सरकारको काम एमालेको बिरोध गर्ने र खेदो खन्ने मात्र होः एमाले अध्यक्ष ओली

      २०८० मंसिर २२ गते ०३: २८ मा प्रकाशित     574   पटक पढिएको

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको ओरालो लाग्दो अवस्था सुधार्न एमालेको बहुमतको सरकार आवश्यक परेको बताएका छन् । एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को नवौं दिनमा पोखरा २७ तालचोकमा जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

अहिले सम्पूर्ण शक्ति एकातिर लागेर गठबन्धन मार्फत सरकार सञ्चालन गरेपनि उनीहरुले एमालेको मात्र विरोध गर्ने गरेको ओलीको आरोप छ । वर्तमान सरकारले विकास निर्माण र जनताका सरोकारमा कुनै ध्यान दिन नसकेको ठोकुवा समेत गरें । एमालेको सरकारको पालामा जनतामा आशाको सञ्चार जागृत गराएको भन्दै उनले एमाले बाहेक अरु कसैले देश बनाउन नसक्ने समेत दावी गरें ।

No description available.

‘एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, यो त स्पष्ट भैसक्यो, भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ, हामी बाहेक सबै एकजुट भएर लागेकै छन्, उनीहरुको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, विकास निर्माण होइन, जनतासंग सरोकार छैन, राष्ट्रियताको पक्षमा उनीहरु शिर निउ¥याउँछन् ।’ उनले भने ।

अहिले देखिएको अवस्थामा सुधार ल्याउनका लागि एमालेको एकल बहुमत आवश्यक पर्ने भएकोले एमालेले मिसन ८४ अगाडि बढाएको उनले खुलाए । एमालेको एकल बहुमतको सरकार बनेमा ओरालो लाग्दोे अवस्थामा रहेको देशको सम्पूर्ण क्षेत्रलाई रोकेर सकारात्मक दिशामा अगाडि बढाउदै नयाँ आशाको सञ्चार गराउने उनको भनाई थियो ।

‘मिसन ८४ किन अगाडि बढाइयो भन्दा समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि हो, देशको सम्पूर्ण क्षेत्रको अहिलेको दयनिय तथा ओरालो लाग्दो अवस्थालाई रोकेर फेरि सकारात्मक दिशामा फर्काउनको लागि एमालेको एकल बहुमत आवश्यक छ । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न एमालेले यसलाई आफ्नो गन्तव्य बनाएको छ’ उनले प्रष्ट पारें ।

आफूहरुले निर्माण गर्न खोजेको गन्तव्यमा पु¥याउन सबै जनता सचेत, संगठित र आन्दोलीत हुनुपर्ने उनको भनाई छ ।

अहिलेको सरकार र सरकारमा हुने पार्टीबाट भने देश निर्माण गर्ने काम पुरा नहुने उनको ठोकुवा छ । एमालेलाई एकल बहुमतको सरकार निर्माण गर्ने प्रयासको थालनीको रुपमा संकल्पयात्रालाई अगाडि बढाइएको उनले खुलाए ।

‘अहिले जनतासँग भेटघाट गर्ने, पाटीपंक्ती जनातका बिचमा जाओस् जनताका बिचमा पुगोस् सचेत संगठीत गराओस् आन्दोलित गराओस् राजनीति मात्र होइन अब विकास निर्माण र जनताका जिबिकाका सबालमा पनि पाटीले नेतृत्व गरोस् भन्ने सन्देश जनता र पार्टीपक्ति दुवैमा दिनको लागि यात्रा गरिएको हो’ उनले थपे ।

संकल्पयात्रा निकै महत्वपूर्ण बनेको उनको भनाई छ । यात्राका क्रममा भेटघाट मार्फत समस्या बुझ्ने, सुन्ने, मागहरु संकलज गर्ने मात्र नभएर तीनको समाधान कसरी गर्ने चिन्तन मनन छलफल गर्ने गरेको समेत खुलाए । यात्राका क्रममा देखेका, भोगेका, सुनेका, भनेका सबै विषय काठमाण्डौं पुगेपछि सम्बोधन गरिने भनाई ओलीको छ । कतिपय जनताले एक वा दुई शब्दमा आफुसँग गुनासो राख्ने गरेको भन्दै त्यस्ता सबै गुनासो नोट गरेर राखेको समेत बताए ।
No description available.
सम्बोधनका क्रममा पोखराक सुन्दरताससँगै यो क्षेत्रको कला, साहित्य, संगीतको विषयमा समेत चर्चा गरें । पोखरालाई नेपालको पर्यटकिय राजधानी समेत भन्ने गरिएको भन्दै उनले मुग्लिन–पोखरा सडकखण्डमा भैरहेको ढिलाईप्रति समेत चिन्ता व्यक्त गरें ।

कुनै समय पोखरा सुन्तलाको लागि प्रसिद्ध रहेको बताएको उनले यहाँको फाँटमा फल्ने जेठोबुढो धानको समेत तरिफ गरें ।

एमाले कास्कीका सचिव वैनबहादुर अधिकारी क्षेत्रीले सञ्चालन गरको कार्यक्रम मार्फत अध्यक्ष ओलीलाई स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले मायाको चिनो र पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सारंगी उपहार स्वरुप हस्तान्तण गरिन् । हातमा सारंगी पर्नासाथ अध्यक्ष ओलीले सारंगी बजाउदै उक्त बाजा प्रतिको आफ्नो मोह देखाएका थिए ।

अध्यक्ष ओलीले सम्बोधन अगाडि संकल्पयात्राका नवौं दिनमा यात्राको थालनी पोखरा महानगरपालिका वडा नम्बर ७ मा पुष्पलाल पार्कमा रहेको पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए ।

त्यसपछि अध्यक्ष ओली सहितको यात्राको टोली जिरो किमी, सृजनाचोक, पृथ्वीचोक, अम्मरसिंहचोक, औद्योगिक क्षेत्र, चाउथे, विजयपुरमा उपस्थित पार्टीका कार्यकता र शुभचिन्तकसँग भेटघाट गर्दै तालचोकमा पुगेको थियो । तालचोकमा ओलीलाई बाजा बजाएर स्वागत गरें ।

तालचोकको कार्यक्रम पश्चात रुपागाउँपालिकाको तालबेसी, पिपलेबजारका कार्यक्रममा सहभागी बनी टोली लमजुङ तर्फ लाग्यो ।

संकल्पयात्राको टोली बिहीबार साँझ कास्की आएको हो । कास्कीको नयाँपुल, नौडाँडा हुँदै हेम्जामा आएपछि अध्यक्ष ओलीले बिहीबार बेलुका सम्बोधन गरेका थिए ।

पोखरा बसाइँका क्रममा ओलीले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल समेत गरेको एमाले कास्कीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.