logo

प्रेस चौतारी नेपालले घोषणा गर्यो लेखनबृति प्रतियोगिता,उत्कृष्ट लेखले बीस हजार पुरस्कार पाउने

 इसीमाना सम्वाददाता     २०८० मंसिर २० गते ०४: ५९ मा प्रकाशित     574   पटक पढिएको

मंसिर, काठमाडौं । प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग “झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य समीर बलामीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नरेश भण्डारी, रामचन्द्र प्रजापति, सजिव कालाखेती र अमिर लामा रहेको पाँच सदस्यी समिति गठन गरेको छ ।

 

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पौष १७ गते भित्र “नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा र मध्य पहाडी पुष्पलाल लोकमार्गले पारेको प्रभाव” विषयमा रहेर स्टोरी र फिचर लेखि प्रेस चौतारी नेपालको इमेल आईडी presschautarinepal@gmail.com र journalistsameer25@gmail.com मा पठाउन आह्वान गरेको छ । 

साथै ९८५११६२३८४ नं. को भाईवर वा वाट्सएपमा समेत लेख पठाउन सकिने प्रेस चौतारीले जनाएको छ । प्रतियोगिताको लागि डा.रघु मैनालीको संयोजकत्वमा देवराज आर्यल र निर्मला शर्मा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताबाट प्रथम, द्धितिय र तृतियका साथै १० वटा सान्तवना लेखहरु छनौट हुने जनाएको छ । प्रथम, द्धितिय र तृतियलाई क्रमश तीस, बिस र पन्ध्र हजारका साथै सान्त्वनामा तीन हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक समीर बलामीले बताएका छन् ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको वस्तुस्थिती र अवस्था, जनजीवनमा पारेको प्रभाव, पुष्पलाल लोकमार्ग र नेकपा एमालेको सम्बन्ध, नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्देश्य, उपलब्धी र अभियानको सविस्तार, पुष्पलाल लोकमार्गले स्थापीत गरेको १० नयाँ शहरहरुको वस्तुस्थिती र संभाव्यता, पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाँई सराई र त्यसले पार्ने प्रभावलगायतका विषयमा रहेर खोज तथा अध्ययनमूलक र तथ्याङ्कगत लेख रचना, स्टोरी र फिचरहरु लेख्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

लेख रचना, स्टोरी र फिचर कम्तिमा २००० शब्द र बढिमा ५००० शब्दको हुनुपर्ने र उक्त रचना कुनै पनि संचार माध्यम वा कहिँ कतै प्रकाशित नभएको हुनुपर्ने प्रेस चौतारीले जनाएको छ । आगामी माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर छनौट भएको लेख, स्टोरी र फिचरहरु समावेश स्मारीका प्रकाशन गरि विमोचन गर्नुका साथै विजेताहरु घोषणा गरि पुरस्कृत गरिने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.