logo

पार्टी अध्यक्ष ओली सहभागी हुने कार्यक्रमको तयारी भब्य ,एमाले जनशक्ति प्रर्दशनको तयारीमा, रौनीयार सहित सैयो प्रवेश गर्ने

 इसीमाना सम्वाददाता     २०८० कार्तिक ३० गते ०४: ३९ मा प्रकाशित     542   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको मंसीर ५ गते पर्साको पोखरियामा हुने सम्बोधन कार्यक्रमलाई भब्य बनाउनकालागि सिंगो नेकपा एमाले जनपरिचालनमा केन्द्रीत भएको छ ।

 

मंसीर ५ गते नेकपा एमाले पर्साले पार्टी प्रवेश तथा जनसभाको कार्यक्रम आयोजना गरेको छ । पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रममा जनसहभागिताकालागि पार्टीका संबै संयन्त्र र जनसंगठन परिचालनमा आफनो शक्ति केन्द्रीत गरेको छ ।

 

पार्टी अध्यक्ष सहभागी हुने कार्यक्रममा जनपरिचालनको बिषयलाई कामको प्रमुख बिषय बनाएर एमाले पंक्ति बैठक भेलामा केन्द्रीत छ । बिहिवार मात्रै पनि नेकपा एमाले पर्सा कार्यालयमा एमालेका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी सदस्य, जिल्ला सचिवालयका सदस्य र पालीका कमिटीक अध्यक्ष उपाध्यक्षको संयुक्त बैठक सम्पन्न भएको छ ।

 

बैठकले मंसीर ५ को कार्यक्रममा जनसहभागिता जुटाउने र पार्टीमा प्रवेश गर्ने अन्यपार्टीका नेताहरुसंग सम्वाद बढाउने समझदारी बनाएको छ ।

 


त्यसैगरि पटेर्वा सुगौलीको पालिका कमिटीको बैठक पनि बिहिवार देकुलीमा सम्पन्न भएको एमालेका नेता फरमान अन्सारीले जानकारी दिए । उनका अनुसार बाजा गाजा सहित मंसीर ५ को कार्यक्रममा जनतको सहभागिता गर्ने निर्णय भएको छ ।


५ गतेको कार्यक्रममा जनसहभागिता जुटाउनकालागि पार्टीका मुख्य एजेण्डा बनाएर सबै पालिकाहरुको बैठक सम्पन्न भएको छ । नेकपा एमालले पार्टी प्रवेश कार्यक्रम मार्फत पर्सामा शक्ति प्रर्दशनको तयारीमा रहेको छ ।


कार्यक्रममालाई उद्धेश्यमुलकरुपमा पुरा गर्न एमालेका नेताहरु पोलिट ब्यूरो सदस्य अच्यूत मैनाली, सुमन प्याकुरेल, केन्द्रीय सदस्यहरु अरविन्द कुमार सिंह, प्रभू हजरा ,निर्मला देवकोटा मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव , पर्साका अध्यक्ष बिश्वम्भर शर्मा लगायतका नेता तथा कार्यकर्ताहरु अहिले फिल्डमा केन्द्रीत रहेका छन ।


मधेश आन्दोलन ताका सबै भन्दा बढी आक्रमणको तारो बनेको नेकपा एमाले अहिले मधेश आन्दोलनबाट स्थापित नेताहरुको आकर्षणको केन्द्र बन्दै गएको छ ।

 

मंसीर ५ गते पोखरियामा हुने पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हरिनारायण रौनीयारको प्रवेश हुने कुराले पनि यही संकेत गरेको छ । पार्टीको केन्द्रीय सदस्य रहेका रौनियार पूर्व सासंद हुन । मान पदवी प्रतिष्ठा पाएका रौनीयार एमालेमा प्रवेश किन गर्न तयार भए ।

देशको विकास, जनताको समृद्धि र सुखका लागि यस्तो नेतृत्व चाहिन्छ, जसमा स्पष्ट दृष्टिकोण र सापेक्ष अडान होस्, त्यस्तो के.पी.ओली भएको आफूले पाएको उनको निष्कर्ष छ ।

402562720_122100033200118943_8597776333202493071_n.jpg

साना तिना खुद्रा तर्क र तर्कनाले देश बन्दैन रौनीयारले भने नेपाली जनताको विकास र समृद्धि पाउने चाहना के.पी.ओलीको नेतृत्वमा मात्र सम्भव हुने उनको बुझाई छ ।

 

यस्तो प्रष्ट अडान र दृष्टिकोण भएको नेतृत्वलाई हामी सबैको साथ समर्थन, सहयोग र सहभागिता चाहिन्छ भन्ने निष्कर्षमा पुगेका रौनीयारको अवको राजनीतिक यात्राको बिचारधारा नेकपा एमाले बनेको हो । एमालेमा जाने तयारीमा रहेका रौनीयारमा ठिक बिचार रोज्दै छु भन्ने लागेको छ ।

 

उनले भनेका छन अन्यौलबाट मुक्त भएको छु मनमा उत्साह छ एमालेको माध्यमबाट जनसेवाको काममा आफूलाई लगाउछु । उनको बुझाई छ जनता र राष्ट्रको पक्षमा काम गर्ने दृढता एमालेका अध्यक्ष के.पी.शर्मा ओलीमा छ ।

 

कहिले मधेश कहिले पहाड कहिले दाया कहिले बायाका कुरा गरेर क्षणीक समयकालागि सत्ताको स्वाद त चाखिएला तर देशले र जनताले त्यस्ताबाट केही नपाउने बताए । उनले नेकपा एमाले र त्यसका अध्यक्ष के.पी.ओलीको नेतृत्वमा समृद्ध नेपाली र सुखी नेपालीको अभियानले सार्थकता पाउने बुझेका रौनीयारको एमाले प्रवेशले पर्साको राजनीतिमा खास अर्थ राख्ने बताइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.