logo

नेपाल खेलकुद महासंघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८० कार्तिक २५ गते ०९: ५१ मा प्रकाशित     558   पटक पढिएको

सीमरा । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ जीतपुरसिमरा उपमहानगरपालिका कमिटिको आयोजनामा शनिबार दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


बाराको सिमरामा सम्पन्न कार्यक्रमका नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले नेपालीहरूले मनाउने चाडपर्वको महत्व बिषेश रहेको बताए ।

 

उनले नेपालमा मनाउने चाडपर्वहरूको आफ्नै बैज्ञानिक कारण रहेको र तिनको महत्व धेरै नै रहेको बताए । उनले देशमा देखिएको आर्थिक संकटलाई मध्यनजर गरेर चाडपर्वलाई मितव्ययी हिसाबले मनाउन समेत सबैलाई आग्रह गरेका छन् ।

May be an image of 10 people, tree, crowd and text

अहिलेको बर्तमान सरकारको कार्यशैली हेर्दा भस्मासुर प्रवृति रहेको भन्दै उनले नेकपा एमालेको सरकारको बिकल्प नभएको समेत बताए ।


कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश सचिव मनोज पौडेल, प्रदेश सदस्यहरू देवनारायण चौधरी, सुन्दर बिश्वकर्मा,किशोर शर्मा,चयन गुरुङ,ताराबहादुर कार्कि, जीतपुरसिमरा उपमहानगर कमिटि अध्यक्ष भोला प्रसाद अधिकारी, युवा संघ नगरकमिटि अध्यक्ष मोहम्मद आरिफ हुसेन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेश लेखा आयोग सदस्य बिशाल प्रसाद घिमिरे, जिल्ला कमिटी सचिवालय सदस्य अमृतलाल श्रेष्ठ,जिल्ला सदस्य सिमा ठकुरी,होमनाथ पण्डित,डिपि गौतम, जिल्ला सल्लाहकार सदस्य ताराबहादुर बस्नेत, जिल्ला लेखा सदस्य मनहरी अधिकारी, नगरकमिटि उपाध्यक्ष त्रिलोक बिक्रम ठकुरी, नगरकमिटि सदस्य शुसिला आचार्य, वडा नं ३ कमिटि अध्यक्ष शुक्र श्रेष्ठ, वडा नं १२ कमिटि अध्यक्ष मनोज राय, वडा नं १५ का राजकुमार अर्याल, जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ का निर्वाचित वडा अध्यक्ष धन बहादुर श्रेष्ठ, १२ का श्याम बाबु खा, १३ का हेम नारायण चौधरी, नेपाल खेलकुद महासंघ जिल्ला सदस्य गणेशराज थपलिया लगायतको उपस्थिति रहेको थियो ।

नेपाल खेलकुद महासंघ जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष सोमलाल बम्जमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रबिन्द्र खकुरेल तथा संचालन श्रीराम रेग्मीको रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.