logo

मधेशको बिकास बिना देशको बिकास हुदैन मधेश नउठे देश उठदैनः एमाले अध्यक्ष ओली

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १८ गते ०५: ४९ मा प्रकाशित     993   पटक पढिएको

 बीरगंज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्नबाली,उधोग ब्यापार ,पर्यटन ,प्रचीन इतिहासका साथ सफलताको गौरबगाथा बोकेको,बिद्वताको खानी संस्कृतिको धनी मधेश प्रदेश पछाडी पार्ने भने नेपाल पनि अगाडि बढन नसक्ने बताएका छन ।

No description available.

वीरगञ्जमा पार्टीको मधेश प्रदेश कमिटीका निर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई समबोधन गर्दै अध्यक्ष ओलीले मधेश अगाडि नबढी देश अगाडि नबढने मधेश नउठी देश नउठने बताएका हुन ।

उनले एमालेका बिरुद्ध मधेशमा एकताका निकै अफवाह फैलाइएको चर्चा गर्दै ०८४ को निर्वाचनमा त्यस्ता अफवाह फैलाउनेहरुलाई मधेशी जनताले ठेगान लगाउने बताए । अध्यक्ष ओलीले आफनो ३ वर्षे प्रधानमंत्रीत्वकालमा मुलुकमा तिब्र रफ्तारमा बिकास निर्माणका कामले गति लिएको स्मरण गरे ।

No description available.

उनले हुलाकी राजमार्गको निर्माण, कोशी मरिन डाईभर्सन, बीरगंज पथलैया , जनकपुर ढल्केवर जस्ता ६ लेनका सडकको निर्माण , रेलमार्गको निर्माण,चीनसंगको पारवाहन ब्यपार सम्बन्धी सम्झौता, अस्पताल, बिद्यालयको निर्माण ,मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गको निर्माण जस्ता काम द्रुत गतिमा शुरु भएको बताए ।

 

बिकास निर्माणका कामले गतिलिन थाले पनि संकीर्ण सोच भएका कुण्ठापालेकाहरुले आफनो कामसंग तुलना हुने भएपछि पार्टीलाई असफल बनाउन सरकार ढाल्ने काम गरेको स्मरण गरे ।

No description available.

१ घण्टा १५ मिनेट लामो सम्बोधनका क्रममा पूर्व प्रधानमंत्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई कमजोर बनाउन पार्टीमै रहेका नेताहरुको षडयन्त्रले सफलता नपाएको बरु पार्टी झन बलियो भएको बताए । उनले मिशन ०८४ उद्धेश्यमुलक रहेको बताए । नेपालको बिकासकालागि नेकपा एमाले आवश्यक रहेको बताए ।

No description available.

उनले कार्यकर्तालाई सम्बोधन गर्दै मिशन ०८४का बारेमा सम्झाए । मिशन ०८४ भनेको हरेडक वडामा ५१ प्रतिशन जनमत नेकपा एमालेको पक्षमा ल्याउने अभियान भएको उनले प्रष्ट पारे ।

No description available.

पार्टी भित्रको एकता देश र जनता प्रतिको जिम्मेवारी सम्झेर मिशन ०८४ मा लाग्न उनले प्रदेश कमिटीलाई निर्देश दिए । उनले पार्टीले रोजगारमुलक तालिमको सचालन, बिचारधारत्मक प्रशिक्षणको आयोजना गर्नु पर्नेमा जोड दिए । उनले कार्यकर्ता तथा नेताहरुलाई हिदायत दिदै आर्थिक रुपमा पारदर्शी हुन निर्देशन दिए ।

No description available.

आर्थिक रुपमा अपारदर्शी ब्यवहार भयो भने त्यो उभो लाग्ने लक्षण होइन भन्दै अध्यक्ष ओलीले भ्रष्टाचारजन्य गतिविधिलाई पार्टी नसहने पनि संकेत गरे ।

 

उनले एक फरक प्रसंग अध्यक्ष ओलीले बिधुत महशुल असुल्न बाँकी भन्दै सरकारले ब्यपारीलाई दुःख दिन थालेको बताए । उनले बिधुत उत्पादन र खपतको राम्रो ब्यवस्था मिलाउन सरकारलाई सुझव दिदै बिधुत महशुल मिनाह गर्न माँग गरे । अध्यक्ष ओलीले बैंकहरुको मुनाफा प्रति प्रश्न गर्दै बैकहरुलाई अर्वोको मुनाफा किन चाहिएको हो भने ।

No description available.

उनले बैंकहरु गाउँघरका मिटरब्याजी भन्दा पनि चर्को ब्याज असुली गरिरहेको बताए । १५ प्रतिशत ब्याज लिने बैंकहरु मान्यता पप्त मिटरब्याजी भएको बताए ।

 

यस्तो दुनीयामा कही नभएको भन्दै तीन महिनामा ब्याज फेरी सावामा जोडने प्रवृति देखिएको छ यो प्रवृतिलाई फेर्नु पर्ने उनको भनाई छ । मुलुकमा पैसा छ तर रोजगारी सृजना गर्ने लगानी भएको छैन, त्यो पैसा निर्माणमा प्रयोग नभएको भन्दै अध्यक्ष ओलीले सुन ओसार्न पैसाको प्रयोग गरिएको बताउदै यस्तो अवस्थामा परिर्वतन ल्याउनु पर्ने बताए ।

No description available.

उनले कर्णाली प्रदेशको जाजरकोटलगायतका ठाउमा भूकम्पका कारण भएको मानवीय एव अन्य भौतीक क्षती प्रति गहिरो दुःख ब्यक्त गरे । उनले सिंगो पार्टी पंक्तिलाई राहत र उद्धारमा तदारुकता साथ क्रिायशिल हुन समेत आग्रह गरे । उनले सरकारलाई पनि देखिने गरि राहत र उद्धारको ब्यवस्था मिलाउन अपिल गरे ।

No description available.

पार्टीको मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई, कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठ, नेकपा एमाले पर्साका इन्चार्ज अच्यूत मैनाली ,नेकपा एमाले मधेश प्रदेश कमिटीका निर्वतमान अध्यक्ष रामअवतार यादव ,नेकपा एमाले पर्साका अध्यक्ष डा. बिश्वम्भर शर्मा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन प्रदेश सचिव मनोज पौडेल र स्वागत मन्तब्य उपाध्यक्ष बिचारी यादवले ब्यक्त गरेका थिए ।

No description available.

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

रबी लामिछाने रिहाईको माँग गर्दै वीरगंजमा हस्ताक्षर अभियान, संयौंको सहभागिता

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले वीरगंजमा हस्ताक्षर संकलन अभियान सांलन गरेको छ ।

त्रिभूवन राजपथ सडकखण्डको भंसार क्षेत्रको अतिक्रमण हटाइयो, गण्डक सम्मै अभियान चलाइने महानगर प्रमुख सिंहको दावी

वीरगंज  । वीरगंजको मुख्य सडक त्रिभुवन राज पथ विस्तार गर्ने बहुप्रतीक्षित अभियान आजबाट सुरु भएको   छ । लामो समयदेखि रोकिएको सडक विस्तार गर्ने काम आजबाट सुरु भएको हो ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.