logo

नेकपा एसको सिंगो कमिटी नै एमालेमा समाहित

 इसीमाना सम्वाददाता     २०८० कार्तिक ३ गते ०६: ५३ मा प्रकाशित     475   पटक पढिएको

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ को नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नेकपा एमालेमा बिलय भएको छ ।

 

एमाले मनहरी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा नेकपा एसको सिंगो कमिटी एमालेमा बिलय भएको हो । नेकपा एसका जिल्ला सदस्य तथा पूर्ववडा अध्यक्ष साधुराम अधिकारी, जिल्ला सदस्य मानबहादुर स्याङतान, रामचन्द्र सूबेदी, युबा संघ मनहरी अध्यक्ष कृष्णचन्द्र पुरीसहित सवै नेता–कार्यकर्ता आज एमालेमा भित्रिएका हुन ।

 

एमाले, मनहरीका अध्यक्ष नविन सुवेदीका अनुसार अव सो वडामा नेकपा एस भन्ने पार्टी छैन । एमालेमा समाहित भएका सवैलाई एमाले नेता तथा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलसहितका नेताहरुले स्वागत गरेका थिए ।

 

कार्यक्रममा एमालेका प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, बद्री लम्साल, अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, एमाले मकवानपुरका नेताहरु मदन कुमार दाहाल, दिपक खड्का, सन्तोष चौलागाईले पनि नवप्रवेसीरुलाई स्वागत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.