logo

एमालेको प्रदेश अधिवेशन,मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यकः इन्चार्ज भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असोज २३ गते ०४: १३ मा प्रकाशित     547   पटक पढिएको

जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरू हुँदै छ। भोलि मध्याह्न अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस प्रदेशका इन्चार्ज योगेश भट्टराईले जानकारी दिए।


‘अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि मध्याह्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्नु हुनेछ,’ जनकपुरमा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने ।

 

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् । एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए ।

 

मधेश प्रदेश अधिवेशनका लागि आज जनकपुरधाम पुगेका भट्टराईले पत्रकार सम्मेलनमा सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा धेरै मधेश प्रदेशमा भएको बताउँदै एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय भएको बताए ।


‘मधेशको अहिलेको मुख्य कार्यभार सुशासन र सामाजिक न्याय हो,’ भट्टराईले भने, ‘त्यसको निम्ति मधेशको स्वाभिमानलाई सगरमाथाको शीरमा उठाउनु छ अनि मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक छ ।’

 

उनले थपे, ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, १३६ वटा पालिकामा एमालेको प्रमुख चाहिन्छ, प्रधानमन्त्री एमालेको चाहिन्छ । अब मधेश प्रदेशको अधिवेशनको ध्यान त्यता जान्छ ।’

पार्टी अध्यक्ष ओलीले बुधबार नै मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को शिलान्यास गर्ने छन्।

मधेस प्रदेशमा एमालेका ६६ हजार २ सय पार्टी सदस्य रहेको भट्टराईले बताए। १ सय ३६ स्थानीय तहबाट १ हजार २१ जना प्रतिनिधि चुनिएर आएका छन्।

अधिवेशनले २ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने छ।

मधेस प्रदेशको आगामी नेतृत्वका लागि अहिलेसम्म चार जनाले आकांक्षा राखेको एक प्रतिनिधिले बताए। उनका अनुसार धनुषाका लक्ष्मीनारायण यादव आफ्नो पक्षमा समर्थन जुटाउन कस्सिएका छन्। उनी प्रदेश सदस्य हुन्।

त्यस्तै सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले पनि अध्यक्षमा आकांक्षा राखेको ती प्रतिनिधिले बताए। त्यस्तै पर्साका बिचारी यादवले पनि आफनो आकंक्षा जाहेर गरेका छन । उनी सम्बिधान सभाका सदस्य पनि हुन । अहिले प्रदेश कमिटीको सचिवालय सदस्य समेत रहेका यादव पुराना र त्यागी कम्युनिष्ट नेता हुन । यादवलाई पार्टीका केन्द्रीय सचिव रघुविर महासेठको सर्मथन रहेको स्रोतको दावी छ । महासेठको सर्मथन प्राप्त गर्ने यादव बलिया दावेदार मानिन्छन ।
नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशनले “सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार” । भन्ने मुल नारा तय गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.