logo

जसपा पर्साको बिवादमा प्रदेशको अंकुश, समानान्तर समिति अबैध रहेको ठहर

 इसीमाना सम्वाददाता     २०८० असोज १७ गते ०६: १६ मा प्रकाशित     1334   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी पर्साको समानान्तर जिल्ला कमिटी निर्माणको तहमा पुग्यो बिवादमा बिराम लागेको छ । पार्टीीको मधेश प्रदेश कमिटीले बिवादमा बिराम लगाएको हो ।

 

 

प्रदेश कमिटीको असोज १६ गते जनकपुरमा सम्पन्न प्रदेश समितिको कार्यकारणी समितिको बैठकले बिवादको अन्त्य गरेको हो ।


बैठकले असोज १० गते समानान्तर भेला राखेर सिगासन साह तेलीको नेतृत्वमा निर्माण गरिएको जिल्ला समितिलाई बिधान बिपरित भएको ठहर गरेको छ ।

 

प्रदेश समितिको यो निर्णयले तेली नेतृत्वको जिल्ला कमिटीलाई अबैधानिक ठहर गरेर यो बिवादको अन्त्य गरेको हो । जसपाको यो निर्णय संगै पर्सामा रामनरेश यादवको नेतृत्वमा रहेको जिल्ला समितिले पार्टीको कार्य सम्पादन गर्ने छ ।

 

प्रदेशको यो निर्णयले समानान्तर समितिको नेतृत्व गरेका साहलगायतका नेताहरु पनि पुरानै समितिमै संगठीत पुरानै स्थितिमा पुगेका छन ।


मधेश प्रदेशका इन्चार्ज मृगेन्द्र सिंह यादव र सह इन्चार्ज उर्मिला साह ,दीपक कार्कीको बिशेष उपस्थितिमा भएको बैठकले पर्साको बिषयलाई महत्व दिदै एउटा राजनीतिक कार्यदल निर्माण गरेको छ ।

 

कार्यदलमा प्रदेश अध्यक्ष रामबाबु यादव , उपाध्यक्ष रामपृत पासवान,उपाध्यक्ष सुशिल कुमार यादव,मुख्य सचिव दिनेश कुमार यादव र सचिव युसुफ अली रहेका छन । कार्यदलले पर्साको विवादको बिषयमा छलफल गरि निष्कर्ष निकाल्ने स्रोतले जनाएको छ ।


जनता समाजवादी पार्टीको प्रदेश समितिको यो निर्णय संगै पर्सा जिल्लाको बिवाद बैधानिक दायारामा आएको छ । पार्टीको बिधान स्थापीत मान्यता र प्रणालीलाई अराजकतापूर्ण गतिविधिको माध्यमले कमजोर बनाउने प्रवृति राजनीतिक रुपमा सबै जसो पार्टीका देखिएको बेलामा जनता समाजवादी पार्टीले भने तुरुन्त सम्बोधनको प्रयास गरेको एक नेताले टिप्पणी गरेका छन ।


प्रदेशको कार्यकरणी समितिले पर्सामा २५ र २६ गते संगठन बिस्तार अभियान अन्र्तगत कार्यक्रम गर्ने भएको छ । त्यसकोलागि उपाध्यक्ष सुशिल कुमायर यादवलाई जिम्मेवारी दिएको छ ।

 

जसपाले प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु मध्य दोहोरो जिम्मेवारी रहेकाहरुलाई पनि एउटा जिम्मेवारीमा सिमति गर्ने गरि नीति पारित गरेको छ । एक पद एक जिम्मेवारीलाई कार्यान्वयमा लैजानेगरि निर्णय भएको ति नेताले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.