logo

रौतहटको बिजयपुरका तत्कालीन मेयर यादव भ्रष्टचारी ठहर

 इसीमाना सम्वाददाता     २०८० असोज १७ गते ०२: ३० मा प्रकाशित     579   पटक पढिएको

काठमाडौं। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका तत्कालिन मेयर गोपाल राय यादव भ्रष्टाचारमा दोषी ठहर भएका छन्।श्रीकान्त पौडेल र खुसीप्रसाद थारुको संयुक्त इजलासले मेयरलाई मात्र दोषी ठहर गर्ने फैसला सुनाएको हो।

 

 

विषेश अदालतले मंगलबार प्रतिवादी बनाइएका २१ जनामध्ये मेयरलाई मात्र दोषी ठहर हुने फैसला सुनाएको हो। सजाय निर्धारण हुन बाँकी छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपप्रमख, ५ वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुलाई पनि प्रतिवादी बनाएको थियो। त्यसमा १८ जना जनप्रतिनिधि र ३ जना तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रहेका थिए।

 

गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका स्थित लाल बकैया नदीको ठेक्का फतुवा विजयपुरले गैरकानूनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको आरोप लागेको थियो।

 

लालबकैया नदीबाट ढुङ्गा गिट्टी र बालुवाकोे निकासीकालागि दुबै नगरपालिकाले संयुक्त ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएको थियो।

 

उनीहरुले २०७५ पुस १५ गते लाल बकैया नदीको ठेक्का सम्बन्धमा भएको निर्णय कार्यान्वयन नगराएको तथा वोलपत्रदाताको धरौटी जफत गर्नुपर्नेमा राजस्व मात्रै संकलन गर्ने कार्य गरेको अख्तियारले जनाएको छ।

 

एक करोड ५३ लाख ५० हजार एक सय ९९ हजार रुपैयाँ बिगो दावी गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.