logo

जसपाका चार क्षेत्रीय सभापति भन्छन, यादव नेतृत्वको जिल्ला समितिको साथमा छौ

 इसीमाना सम्वाददाता     २०८० असोज १६ गते ०३: १८ मा प्रकाशित     1734   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी पर्साको चारवटा क्षेत्रीय सभापतिले एक बिज्ञप्ति निकाली आफूलाई पार्टीको संस्थापन पक्षमा उभ्याएका छन ।

 

पर्साको क्षेत्र नं १ का घनश्यामबाबु गुप्ता,२ का कामेश पंडित, ३ का नागेन्द्र प्रसाद यादव र ४ का रामपुकार यादवले मंगलवार संयुक्त बिज्ञप्ति जारी गरि राम नरेश यादवले नेतृत्व गरेको जिल्ला समितिको साथमा आफूहरु रहेको प्रष्ट पारेका छन ।

 

असोज १० गते पार्टीको संसदीय दलका सचेतक प्रदीप यादवको प्रमुख आतिथ्यतामा गठन गरिएको जिल्ला समिति प्रति आफूहरुको आपत्ती रहेको बिज्ञप्ति मार्फत उनीहरुले सार्वजनीक गरेका छन ।

 

जिल्ला समितिको पूर्नगठन पार्टीको नीति र बिधान बिरुद्ध भएको उनीहरुले आफ्नो निष्कर्ष बिज्ञप्तिमा उल्लेख गरेका छन ।

 

उनीहरुले पार्टी भित्र गलत अभ्यास भएको प्रति चिन्ता ब्यक्त गर्दै त्यस्तो अभ्यासलाई निरुत्साहित गर्न आवश्यक रहेको ठहर गर्दै नेता कार्यकर्ता शुभचिन्तक सबैलाई गलतका बिरुद्ध पार्टीको पक्षमा लाग्न अपिल समेत गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.