logo

जसपाका चार क्षेत्रीय सभापति भन्छन, यादव नेतृत्वको जिल्ला समितिको साथमा छौ

 इसीमाना सम्वाददाता     २०८० असोज १६ गते ०३: १८ मा प्रकाशित     1932   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी पर्साको चारवटा क्षेत्रीय सभापतिले एक बिज्ञप्ति निकाली आफूलाई पार्टीको संस्थापन पक्षमा उभ्याएका छन ।

 

पर्साको क्षेत्र नं १ का घनश्यामबाबु गुप्ता,२ का कामेश पंडित, ३ का नागेन्द्र प्रसाद यादव र ४ का रामपुकार यादवले मंगलवार संयुक्त बिज्ञप्ति जारी गरि राम नरेश यादवले नेतृत्व गरेको जिल्ला समितिको साथमा आफूहरु रहेको प्रष्ट पारेका छन ।

 

असोज १० गते पार्टीको संसदीय दलका सचेतक प्रदीप यादवको प्रमुख आतिथ्यतामा गठन गरिएको जिल्ला समिति प्रति आफूहरुको आपत्ती रहेको बिज्ञप्ति मार्फत उनीहरुले सार्वजनीक गरेका छन ।

 

जिल्ला समितिको पूर्नगठन पार्टीको नीति र बिधान बिरुद्ध भएको उनीहरुले आफ्नो निष्कर्ष बिज्ञप्तिमा उल्लेख गरेका छन ।

 

उनीहरुले पार्टी भित्र गलत अभ्यास भएको प्रति चिन्ता ब्यक्त गर्दै त्यस्तो अभ्यासलाई निरुत्साहित गर्न आवश्यक रहेको ठहर गर्दै नेता कार्यकर्ता शुभचिन्तक सबैलाई गलतका बिरुद्ध पार्टीको पक्षमा लाग्न अपिल समेत गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.