logo

जसपा पर्साको अध्यक्ष सिंघासन साह नेतृत्वको कार्यसमिति अवैधानिक : मधेश प्रदेश अध्यक्ष यादव

 इसीमाना सम्वाददाता     २०८० असोज ११ गते ०८: ०४ मा प्रकाशित     2335   पटक पढिएको

११ असाेज, वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साको एउटा समूहले बुधबार सिंघासन साह तेलीको नेतृत्वमा गठन गरेको कार्यसमिति अवैधानिक रहेको मधेश प्रदेश समितिले जनाएको छ ।

 

जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले पर्सामा तेलीको नेतृत्वमा गठन भएको जिल्ला कार्यसमिति नै अवैधानिक रहेको बताएका छन् ।


रेस खवरसँगको कुराकानीमा मधेश प्रदेश समितिका अध्यक्ष यादवले भने, ‘पर्सामा अहिले प्रदेश समितिबाट नयाँ कुनै जिल्ला कार्यसमिति गठन भएको छैन, रामनरेश यादवको अध्यक्षतामा पहिलादेखि नै कार्यसमिति छ । पार्टीले अहिलेसम्म त्यसैलाई मान्यता पनि दिएको छ। त्यसकारण अरु कुनै नयाँ बनेको जिल्ला कार्यसमिति वैधानिक होइन ।’

उनका अनुसार पर्सामा गठन भएको नयाँ जिल्ला कार्यसमितिबारे प्रदेश समितिलाई जानकारी समेत छैन् । उनी भन्छन्, ‘विधान अनुसार जिल्ला कार्यसमिति गठन हुँदा त्यहाँ प्रदेश समतिको प्रतिनिधि हुन्छ, उसैको रोहबरमा समिति गठन भएको हुनुपर्छ। जसलाई नै पार्टीलाई आधिकारिकता दिएको हुन्छ । तर पर्साको हकमा त्यो भएको छैन्।’

त्यसकारण रामनरेश यादवबाहेकको कुनै समिति आधिकारिक नभएको उनको भनाइ छ । उनका अनुसार पार्टी विधानमा प्रदेशले जिल्ला अधिवेशन गराउँने व्यवस्था छ ।

पर्सा जिल्लामा बुधबार भएको समानान्तर कमिटि गठनबारे पार्टी अध्यक्ष उपेन्द्र यादवलाई समेत जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
रेसखबरसंगको कुराकानीमा पार्टी अध्यक्ष यादवले भने,‘अहिले काँही पनि नयाँ कार्यसमिति गठन भएको छैन, यदि कुनै जिल्लामा कसैले गरेको छ भने त्यो मलाई जानकारी छैन्।’ उनका अनुसार अहिले पार्टीमा प्रदेश संरचनामा गइसकेकाले अब जे हुन्छ, प्रदेश समितिकै निर्णय अनुसार हुन्छ ।

प्रदेश समितिका प्रवक्ता सुशिल यादवले पनि पार्टीबाट आधिकारिक जिल्ला समिति विस्तार नभएको बताए । पार्टी विधान अनुसार रामनरेश यादव नै जिल्ला अध्यक्ष रहेको हुनाले यादव नै पार्टी अध्यक्ष रहेको उनी बताउँछन् ।

पर्सा जसपामा आन्तरिक विवाद चुलिएको छ । जसपा तदर्थ समितिका अध्यक्ष र केन्द्रिय सदस्य दुई समूहमा विभाजन भएपछि विवाद चर्किएको हो ।
बीरगन्जमा जसपाले अध्यक्षसहित नयाँ कार्यसमिति विस्तार गरेपछि विवाद सतहमा आएको हो । नयाँ कार्यसमितिको चयन भएपछि जसपा अहिले २ खेमामा विभाजित भएको छ ।

एउटा खेमा सांसद प्रदीप यादवको नेतृत्वमा खडा भएको छ भने अर्को जिल्ला अध्यक्ष रामनरेश यादवको । केन्द्रीय कार्यकारिणी समितिका सदस्यसमेत रहेका यादवको पक्षमा बीरगन्जका मेयर राजेशमान सिंह छन् भने जिल्ला अध्यक्ष यादवको समूहमा पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरु छन् ।

संभारः रेसखवर.कम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन,डेरी उत्पादनमा सोडा पाइएपछि नष्ट गरियो

वीरगंज । खाद्य प्रबिधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय जनकपुरबाट आएको “मोबाइल ल्याब भ्यान ” र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा आज बीरगंजका डेरि उद्योग र विभिन्न मिठाई पसलमा अनुगमन गरिएको छ ।

महोत्तरीका ब्यवसायीहरुको एउटै स्वर, अतिरन्जनापूर्ण समाचार सम्प्रेषण भएको भन्दै गरे गुनासो

बर्दीवास । मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित बर्दिबासमा रहेका होटल तथा पर्यटन ब्याबसायीले बेला बखत घट्ने गरेको घटनालाई अतिरञ्जीत गरि पर्यटन ब्यबसायीको मनोबल घटाउने काम हुने गरेकोमा गुनासो गरेका छन ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.