logo

पर्सामा जसपाका दूई समिति बैधतामा आ आफ्नै दावी

 इसीमाना सम्वाददाता     २०८० असोज १० गते १०: १६ मा प्रकाशित     825   पटक पढिएको

बीरगंज । बिहीबार ब्ीरगंजमा सम्पन्न बैठकले जसपा पर्साको अर्को जिल्ला समिति गठन गरेको छ । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली नव गठित जिल्ला समितिको अध्यक्षमा चयन गरिएका छन ।

तेलीको नेतृत्वमा गठन गरेको जिल्ला समितिको उपाध्यक्षमा उपाध्यक्षमा ग्यासुदिन मियाँ, अजय चौरसिया र मिथिलेश सिंह, सचिवमा उमेशलाल सहनी, सहसचिवमा सुशील साह कानु, सुनिल कुशवाहा र नुर आलम अन्सारी, कोषाध्यक्ष प्रेमकुमारी सिंह, सदस्यमा असलम आलम, अजय सर्राफ, बैजुलाल स्वर्णकार, नेक महम्मद अन्सारी, सुनिता शर्मा, सुरज मानन्धर, खैरुदिन मियाँ र प्रतिमा सिंह रहेका छन् ।आज बनेको समिति पूर्णतया बैध रहको पार्टीको संसदीय दलका सचेतक समेत रहेका नेता प्रदीप यादवले बताएका छन ।


यसैवीच बुधवार तेलीको अध्यक्षतामा समानान्तर जिल्ला कार्यसमिति गठन भएपछि तदर्थ समितिका अध्यक्ष रहेका रामनरेश यादवले एक विज्ञप्ति जारी गरेर तेलीको अध्यक्षतामा गठित समिति अवैधानिक रहेको बताएका छन् ।

May be an image of poster, newspaper and text

जिल्ला सचिव तबरेज अहमदको समेत हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा पार्टी सङ्गठन भताभुङ्ग पार्ने, अराजक प्रवृत्ति र व्यक्तिवादी चिन्तन भएका, पटक–पटक पार्टीको नीतिनियमविरुद्धको कार्य गर्दै आएका व्यक्तिहरूको सोचमा परिवर्तन नदेखिनु पार्टीको लागि आत्मघाती भएको टिप्पणी गरेका छन् ।

पर्सामा गत निर्वाचनदेखि जिल्ला नेतृत्वको विषयलाई लिएर दुई गुटमा विभाजित नेताहरूबिच चर्को विवाद चल्दै आएकोमा बुधवार त्यसको प्रकटीकरण समानान्तर जिल्ला कार्यसमिति गठन भएको हो ।

पर्सामा जसपा भित्र जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउतलगायतका नेताहरूको एक गुट छ भने अर्को गुटको नेतृत्व प्रदीप यादवले गरिरहेका छन् । यादवको गुटमा जसपाका केन्द्रीय सदस्य समेत रहेका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार लगायत का नेताहरु रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.