logo

एमाले बाग्मती अधिवेशन, नेता भेट्नु मुख्य काम ठान्ने र निकटताका आधारमा जिम्मेवारी दिने मुख्य समस्या

 इसीमाना सम्वाददाता     २०८० असोज ९ गते ०५: १३ मा प्रकाशित     765   पटक पढिएको

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले नेता(कार्यकर्ताहरुमा रहेका विभिन्न समस्या औंल्याएको छ। अधिवेशनका क्रममा प्रस्तुत प्रतिवेदनमा कार्यकर्ताहरुले नेताहरुले भेट्नुलाई मुख्य काम ठानिरहेको बताइएको छ।

 

समस्याहरुमा भनिएको छ, ‘कार्यकर्तामा योग्यता, क्षमता, क्रियाशीलता, इमान्दारिता र जनाधारभन्दा नेतृत्वसँगै नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो छ। अर्थात विभिन्न नेताहरूलाई भेट्ने काम नै पार्टीको मुख्य कामु हो भन्ने बुझाइ बढ्दो छ।’

 

नेताहरुमा पनि योग्यता, क्षमता र क्रियशिलताका आधारमाभन्दा निकटता आधारमा जिम्मेवारी दिने प्रवृत्ति बढेको बताइएको छ।

 

यसैगरी पार्टीका विभिन्न तहमा आफूलाई केन्द्र भागमा राखेर सोच्ने, योजना वनाउने र चल्ने व्यक्तिबादी प्रवृति बढ्दो रहेको समेत उल्लेख गरिएको छ।

 

युवा पुस्तामा पार्टीप्रतिको आकर्षण कमजोर रहेको बताउँदै आगामी दिन एमालेका लागि चुनौतीपूर्ण रहेको बताइएको छ। ‘राजनैतिक, वैचारिक प्रशिक्षणको अभावमा पार्टी पंक्ति दिशाविहीन बन्ने खतरा छ।

 

पार्टी कमिटीहरू ठूला भएका कारण बैठकमा कोरम नपुग्ने, कार्ययोजना नबन्ने, कमिटीमा दोहोरो छलफल हुन नसक्ने हुँदा कमिटी प्रणाली लगभग समाप्त जस्तो छ,’ प्रतिवेदनमा उल्लेख छ।

 

यसैगरी विभिन्न जिल्लाहरूमा बहुआयामिक अन्तरविरोधका कारण पार्टी एकता कमजोर बनेको भनिएको छ। पार्टी कमिटीहरु स्वचालित हुने छाडेर माथिको भर पर्ने तथा निर्देशनमुखी बनिरहेको उल्लेख गरिएको छ।

 

उपत्यका बाहिरका कतिपय भूगोल कमिटी रहेकाहरू अधिकांश समय उपत्यकामा बस्ने, एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र उपस्थित हुने प्रवृत्तिले पार्टी काममा नकारात्मक प्रभाव परेको बताइएको छ।

 

यसैगरी महंगो निर्वाचन प्रणालीको कारण हैसियत हुनेहरूले उमेदवारी पाउने, कमजोर आर्थिक अवस्थाका कार्यकर्ता पछि पर्ने र निर्वाचन लडिहाले ऋणको भारले पलायन बन्नुपर्ने अवस्था देखा परिसकेकोमासमेत चिन्ता व्यक्त गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.