logo

एमाले बाग्मती अधिवेशन, नेता भेट्नु मुख्य काम ठान्ने र निकटताका आधारमा जिम्मेवारी दिने मुख्य समस्या

 इसीमाना सम्वाददाता     २०८० असोज ९ गते ०५: १३ मा प्रकाशित     633   पटक पढिएको

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशले नेता(कार्यकर्ताहरुमा रहेका विभिन्न समस्या औंल्याएको छ। अधिवेशनका क्रममा प्रस्तुत प्रतिवेदनमा कार्यकर्ताहरुले नेताहरुले भेट्नुलाई मुख्य काम ठानिरहेको बताइएको छ।

 

समस्याहरुमा भनिएको छ, ‘कार्यकर्तामा योग्यता, क्षमता, क्रियाशीलता, इमान्दारिता र जनाधारभन्दा नेतृत्वसँगै नजिकिएर लाभ लिन खोज्ने प्रवृत्ति बढ्दो छ। अर्थात विभिन्न नेताहरूलाई भेट्ने काम नै पार्टीको मुख्य कामु हो भन्ने बुझाइ बढ्दो छ।’

 

नेताहरुमा पनि योग्यता, क्षमता र क्रियशिलताका आधारमाभन्दा निकटता आधारमा जिम्मेवारी दिने प्रवृत्ति बढेको बताइएको छ।

 

यसैगरी पार्टीका विभिन्न तहमा आफूलाई केन्द्र भागमा राखेर सोच्ने, योजना वनाउने र चल्ने व्यक्तिबादी प्रवृति बढ्दो रहेको समेत उल्लेख गरिएको छ।

 

युवा पुस्तामा पार्टीप्रतिको आकर्षण कमजोर रहेको बताउँदै आगामी दिन एमालेका लागि चुनौतीपूर्ण रहेको बताइएको छ। ‘राजनैतिक, वैचारिक प्रशिक्षणको अभावमा पार्टी पंक्ति दिशाविहीन बन्ने खतरा छ।

 

पार्टी कमिटीहरू ठूला भएका कारण बैठकमा कोरम नपुग्ने, कार्ययोजना नबन्ने, कमिटीमा दोहोरो छलफल हुन नसक्ने हुँदा कमिटी प्रणाली लगभग समाप्त जस्तो छ,’ प्रतिवेदनमा उल्लेख छ।

 

यसैगरी विभिन्न जिल्लाहरूमा बहुआयामिक अन्तरविरोधका कारण पार्टी एकता कमजोर बनेको भनिएको छ। पार्टी कमिटीहरु स्वचालित हुने छाडेर माथिको भर पर्ने तथा निर्देशनमुखी बनिरहेको उल्लेख गरिएको छ।

 

उपत्यका बाहिरका कतिपय भूगोल कमिटी रहेकाहरू अधिकांश समय उपत्यकामा बस्ने, एउटा बैठकदेखि अर्को बैठकसम्म र एउटा अधिवेशनदेखि अर्को अधिवेशनमा मात्र उपस्थित हुने प्रवृत्तिले पार्टी काममा नकारात्मक प्रभाव परेको बताइएको छ।

 

यसैगरी महंगो निर्वाचन प्रणालीको कारण हैसियत हुनेहरूले उमेदवारी पाउने, कमजोर आर्थिक अवस्थाका कार्यकर्ता पछि पर्ने र निर्वाचन लडिहाले ऋणको भारले पलायन बन्नुपर्ने अवस्था देखा परिसकेकोमासमेत चिन्ता व्यक्त गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.