logo

सम्बिधान दिवसको अवसरमा जसपाले सम्झियो मधेश आन्दोलन र शहीद

 इसीमाना सम्वाददाता     २०८० असोज ३ गते ०८: ३३ मा प्रकाशित     2243   पटक पढिएको

बीरगंज । संविधान दिवसको अवसरमा घन्टाघर स्थित बि.पी उद्यानमा रहेको शहिद पार्कमा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ । पार्कमा मधेश आन्दोलनका क्रममा पर्सामा शहादत प्राप्त बीर शहिदहरुको शालीक राखिएको छ ।


जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले शहीदहरुप्रति सम्मान गर्दै मल्यार्पणको प्रारम्भ गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य फिरोज मन्सुरले मधेश आन्दोलनको समरण गर्दै शहिदहरु प्रति सम्मान प्रकट गरे ।

 

उनले शहीदहरुको बलिदानीका कारण सिमत अधिकार पाएको चर्चा गर्दै थप अधिकारकालागि संघर्ष गर्नु पर्ने बताए ।

 

उनले मुलुकले संघीयता सहितको समिबधान पाएपनि मधेशी जनताको पक्षमा अझै धेरै कुरा अपुरो रहेको बताए । सम्बिधानमा संशोधन आवश्यक छ र पार्टीले त्यसकालागि संघर्ष जारी राखेको उनले बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, प्रदेश सदस्य माहाराज यादव, बिरेन्द्र प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, उपसचिव सुनिल कुमार कुश्वाहा, जिल्ला कार्यकारीणि समिति सदस्य श्यामबाबू चौरासीया, जिल्ला सदस्य मुमताज देवान ,समाजवादी मुस्लिम संघका बरिस्ठ उपाध्यक्ष अब्दुल रौउफ अन्सारी, क्षेत्रीय अध्यक्षहरु कामेश्वर पन्डित, घनश्यामबाबू गुप्ता, उपाध्यक्ष तुफैल अख्तर, बिमनपा २१ का एकाइ समिति अध्यक्ष निरन्जन पटेल, ८ का वडा अध्यक्ष रितेश गुप्ता, युवानेता गोपि यादव, बिद्यार्थी नेताहरू सागिर आलम, आबिद आलम लगायतको उपस्थ्तिि रहेको थियो ।

 

पार्टीका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, जिल्ला सह इन्चार्ज दिपक यादव, जिल्ला सदस्य बिरेन्द्र यादव, युवानेता अमित यादव लगायतले तिवावे पुलमा अवस्थित शालीकमा माल्यार्ण गरि श्रद्धासुमन अर्पण गरेका छन् । आजै बेलुका ४ बजे पोखरीया पनि शहिदहरुलाइ श्रद्धाञ्जली अर्पण गरिएको जिल्ला सचिव तवरेज अहमदले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.