logo

सम्बिधान दिवसको अवसरमा जसपाले सम्झियो मधेश आन्दोलन र शहीद

 इसीमाना सम्वाददाता     २०८० असोज ३ गते ०८: ३३ मा प्रकाशित     2080   पटक पढिएको

बीरगंज । संविधान दिवसको अवसरमा घन्टाघर स्थित बि.पी उद्यानमा रहेको शहिद पार्कमा जनता समाजवादी पार्टीले श्रद्धाञ्जली अर्पण गरेको छ । पार्कमा मधेश आन्दोलनका क्रममा पर्सामा शहादत प्राप्त बीर शहिदहरुको शालीक राखिएको छ ।


जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले शहीदहरुप्रति सम्मान गर्दै मल्यार्पणको प्रारम्भ गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य फिरोज मन्सुरले मधेश आन्दोलनको समरण गर्दै शहिदहरु प्रति सम्मान प्रकट गरे ।

 

उनले शहीदहरुको बलिदानीका कारण सिमत अधिकार पाएको चर्चा गर्दै थप अधिकारकालागि संघर्ष गर्नु पर्ने बताए ।

 

उनले मुलुकले संघीयता सहितको समिबधान पाएपनि मधेशी जनताको पक्षमा अझै धेरै कुरा अपुरो रहेको बताए । सम्बिधानमा संशोधन आवश्यक छ र पार्टीले त्यसकालागि संघर्ष जारी राखेको उनले बताए ।

कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, प्रदेश सदस्य माहाराज यादव, बिरेन्द्र प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, उपसचिव सुनिल कुमार कुश्वाहा, जिल्ला कार्यकारीणि समिति सदस्य श्यामबाबू चौरासीया, जिल्ला सदस्य मुमताज देवान ,समाजवादी मुस्लिम संघका बरिस्ठ उपाध्यक्ष अब्दुल रौउफ अन्सारी, क्षेत्रीय अध्यक्षहरु कामेश्वर पन्डित, घनश्यामबाबू गुप्ता, उपाध्यक्ष तुफैल अख्तर, बिमनपा २१ का एकाइ समिति अध्यक्ष निरन्जन पटेल, ८ का वडा अध्यक्ष रितेश गुप्ता, युवानेता गोपि यादव, बिद्यार्थी नेताहरू सागिर आलम, आबिद आलम लगायतको उपस्थ्तिि रहेको थियो ।

 

पार्टीका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, जिल्ला सह इन्चार्ज दिपक यादव, जिल्ला सदस्य बिरेन्द्र यादव, युवानेता अमित यादव लगायतले तिवावे पुलमा अवस्थित शालीकमा माल्यार्ण गरि श्रद्धासुमन अर्पण गरेका छन् । आजै बेलुका ४ बजे पोखरीया पनि शहिदहरुलाइ श्रद्धाञ्जली अर्पण गरिएको जिल्ला सचिव तवरेज अहमदले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.