logo

शहरमा पत्रकार सम्मेलन गाउँमा सभा भएको दावी , नीत तथा बजेट असारमै पास भइसकेको प्रशासकीय अधिकृतको भनाई

 इसीमाना सम्वाददाता     २०८० भदौ २९ गते ०८: १७ मा प्रकाशित     831   पटक पढिएको

वीरगञ्ज । धोबिनी गाउँपालिकाका जनप्रतिनिधिहरुले शुक्रवार बीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरि गोप्य रूपमा गरिएको परिषद् बैठक आफूहरूलाई मान्य नहुने बताए छन ।

dhobini-1024x609.jpg

पत्रकार सम्मेलनमा ६ जना कार्यपालिका र एक जना वडा सदस्यको उपस्थिति थियो । पत्रकार सम्मेलनमा गाउँपालिकाको कार्यपालिका सदस्यहरू दिनेश प्रसाद, नन्द किशोर साह कानु, रीना देवी, सोनावती देवी, शारदादेवी पासवान, पवन ज्योति कुमारी, वडा सदस्य मैना देवी तथा नेकपा एमालेका पारस कुर्मी, जङ्ग बहादुर कुर्मी र लोसपाका ललन प्रसाद कुर्मीको सहभागिता थियो ।


उनीहरूले गोप्य रूपमा गरिएको परिषद् खारेज गरी सम्पूर्ण जनप्रतिनिधिको सहभागितामा अर्को गाउँ परिषद् गराउन माग समेत गरे ।

 

गाउँपालिकाका जनप्रतिनिधिहरूले अध्यक्ष चौहान र उपाध्यक्ष मञ्जु देवी कुर्मीले वीरगञ्ज गाउँपालिका भन्दा बाहिर गोप्ग रुपमा परिषद बैठक गरेको आरोप लगाएका छन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनले भने गाउँ परिषद्का बहुमत सदस्यहरूको उपस्थितिमा परिषद्को बैठक सम्पन्न गरी नीति कार्यक्रम तथा बजेट ल्याइएको दाबी गरे । उनले भने, ‘२९ जना सदस्यमध्ये २२ जनाको उपस्थिति र सहमतिमा परिषद् असार महिना मै भएको हो ।

377123768_840932310850101_9095779648385210067_n-1024x578.jpg

प्रशासकीय अधिकृत हुसैनले असार महिना मै परिषद भएको दावी गरेपनि धोबीनी गाउँपालिकाको ८औँ गाउँसभा आज शुक्रवार सम्पन्न भएको समाचार प्रकाशन भएको छ ।

 

असार १५ भित्रै हुनुपर्ने गाँउसभा तीन महिना ढिलो गरी आज सम्पन्न भएको समाचारमा दावी गरिएको छ । शुक्रबार आयोजित गाँउसभामा चालु आर्थिक वर्ष २०८०–८१ को नीति, कार्यक्रम तथा गाउँसभाबाट ३६ करोड ५ लाख ५५ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । तरप्रशासकीय अधिकृतले दिएको जानकारी र यो गाउँसभा सम्बन्धी समाचार भने मेल खादैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.