logo

लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार छुः अध्यक्ष अहमद

 इसीमाना सम्वाददाता     २०८० भदौ २७ गते १०: २५ मा प्रकाशित     1762   पटक पढिएको

वीरगन्ज, ।भूमि आयोग जिल्ला समिति पर्साका अध्यक्ष तरबरेज अहमदले सुकुम्वासीहरुको लागि लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार रहेको बताएका छन ।

राष्ट्रिय भूमि अधिकार मञ्चको तेश्रो जिल्ला अधिवेशनको पर्सागढी नगरपालिकाको वडनिहारमा उद्धघाटन गर्दै अहमदले यस्तो बताएका हुन ।

भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासको व्यावस्थाका लागि वन कार्यालयहरुले अनावश्यक बखेडा झिक्ने गरेपनि भूमिहिनहरको जग्गा प्राप्तीको लागि विचलित नभई काम अगाडि बढाउने अहमदले बताए ।

 

उनले नापी कार्यालय पनि लालपूर्जा वितरणमा बाधक बनेको बताउदै आफू नापी कार्यालयको बाधा र अवरोधलाई हटाउन क्रियाशिल रहेको बताए । उनले भने “भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासको लागि जुन सुकै तहको संघर्षकालागि म तयार छु ” ।

 


उनले पर्सागढीका भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुका लागि पर्सागढी नगरपालिकामा ३२ वटा लालपूर्जा पहिलो चरणमा वितरण गर्नुपर्ने भएकोले उक्त लालपूर्जा नपाएसम्म कुनैपनि राजनीतिक कार्यक्रममा आफू पर्सागढी नजाने पनि प्रतिवद्धता जनाए ।

कार्यक्रममा नगरप्रमुख गोकर्ण पाठकलेले भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवास गरेका नागरिकले जग्गाधनी पूर्जा नदिने हो भने भूमी आयोग देखाउने दाँत मात्र हुने बताए ।

 

उनले नगरपालिका हरेक किसिमको सहयोग उपलब्ध गराउन तयार छ तर आयोगले जग्गाधनी पूर्जा बितरण गर्नु पर्ने बताए । सुकुम्वासी नागरिकको हितमा बनेको आयेगलाई असफल बनाउनकालागि भएका जुनसुकै प्रयासका बिरुद्ध नगरपालिकामा पनि आयोगसंगै रहने बचन दिए ।

मञ्चका जिल्ला अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका प्रदेश अध्यक्ष मदन विश्वकर्मा, सचिव अनुप माझी, रौतहट अध्यक्ष चन्द्रमान थिङ्ग, पर्सागढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान थिङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.