logo

बिपन्न परिवारको लागत संकलनमा वडाध्यक्षको अवरोध, महासंघ सचिव सहितलाई दूरब्यहार

 इसीमाना सम्वाददाता     २०८० भदौ २४ गते ११: २१ मा प्रकाशित     739   पटक पढिएको

परवानीपुर। बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर कलवारले जनता आवास कार्यक्रम अन्र्तगतका नागरिकको लागत पूर्वाग्रहीरुपमा संकलन गरेको स्थानीयले आरोप लगाएका छन ।

सरकारले गरिब तथा विपन्नको घर बनाउन हरेक वडा कार्यालयमा आवश्यकता अनुसार फारम सङ्कलन गराइरहेको छ तर वडाध्यक्ष कलवारको हैकमवादीले सदियौँदेखि गरिबीको चपेटामा रहेका स्थानीयलाई भेदभाव गर्दै फारम भर्न दिएका छैनन । लागत संकलनमा समेत उनले पूर्वाग्रही चरित्र देखाएको स्थानीयको भनाई छ ।

अनुगमनमा आएका कर्मचारीहरूले मापदण्डमा पर्ने र आवश्यकताका आधारमा छुटेकाको फारम भर्न मिल्ने बताए पनि वडाअध्यक्ष कलवारले वडाको मेयर, उपमेयर आफै रहेको र आफूले सिफारिस गरेको बाहेक कसैको फर्म भर्न नदिने जिद्धी गरेका छन ।

 

उनले लागत संकलन पछि छानवीनका आधारमा बिपन्नको पहिचान भएर काम गर्ने प्रक्रिया भएकोले लागत संकलनमा अवरोध नगर्न आग्रह गरेका अखिल नेपाल किसान महासंघ मधेश प्रदेशका सचिव उमेश गुप्ता लगायतलाई हातपात तथा दुर्व्यवहार गरेका छन ।

निवेदन छुटेकालाई समावेश गराउन स्थानीयले गापा उपाध्यक्ष सुगान्धी देवी र उनका श्रीमान् अखिल नेपाल किसान महासंघका मधेश प्रदेशका सचिव नेता उमेश गुप्तालाई गुहारे पनि वडा अध्यक्ष कलवारले सहरी विकास कार्यालय मार्फत स्थानीयवासीको घर बनाउन खटिएका कर्मचारीहरूकै अगाडि फारम भर्न नदिई उल्टै हातपात तथा दुर्व्यवहार गरेका थिए ।

 

यस विषयमा वडा अध्यक्ष कलवारसँग बुझ्दा उनले भने, उपमेयरका श्रीमान् उमेश गुप्ताले घर बनाउन खटिएकालाई आफ्नो अनुकूल गर्न दबाब दिएकाले सामान्य विवाद भएको प्रतिक्रिया दिए ।

तर गुप्ताले भने मापदण्डमा पर्ने गरिब असहाय जोकोहीले पनि सरकारको सेवा लिन पाउन भन्ने उद्देश्यले छुटेकालाई समावेश गराउन खोज्दा आफू सहित छुटेका गरिब विपन्न स्थानीयहरूलाई हातपात तथा दुर्व्यवहार गरेको बताएका छन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.