logo

जसपाको सखुवा प्रसौनी पालिका कमिटीको अध्यक्षमा जयसवाल चयन

 इसीमाना सम्वाददाता     २०८० भदौ २३ गते १०: ४५ मा प्रकाशित     1023   पटक पढिएको

बीरगंज । जनता समाजवादी पार्टी (जसपा) पर्साले संगठन सुदृढीकरणलाई तिव्रता दिएको छ । संगठन निर्माण र सुदृढीकरण अभियानअन्र्तगत शनिवार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ३१ सदस्यीय पालिका समिति पुर्नगठन गरिएको छ ।

 

गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

 

अहमदका अनुसार समितिमा श्रीराम पासवान, जयप्रकाश थारु, नाजिर हुसैन लगायत रहेका छन् । समिति पुर्नगठनका क्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुरले जनता समाजवादी पार्टी परिवर्तनकारी पार्टी भएको दाबी गरे ।

 

समाजवादको उद्देश्य जसपाले मात्रै हाँसिल गर्ने बताउँदै उनले सबैलाई जसपामा संगठीत हुन आह्वान गरे । जसपा पर्साका अध्यक्ष रामनरेश यादवले संगठन निर्माण र सुदृढीकरणको विकल्प नरहेको बताए ।

 

संगठन सुदृढीकरण भएमा मात्रै पार्टीका मुद्दा स्थापित हुने यादवको विश्वास छ । अहिले जसपा पर्सा संगठन निर्माण र बिस्तारकै क्रममा रहेको बताउँदै उनले २०८४ को निर्वाचनमा फेरी पर्सालाई जसपामय बनाउने दाबी गरे ।

 

कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरेर २५ जना जसपामा प्रवेश गरेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए । नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुुर, जसपा पर्साका अध्यक्ष रामनरेश यादव लगायतले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

 

कार्यक्रममा जसपा पर्साकी कोषाध्यक्ष एवम् सखुवाप्रसौनी गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, प्रदेश सभा समन्वय समितिका क्षेत्रीय अध्यक्ष उपेन्द्र यादव, सल्लाहकार शिवनाथ साह, श्रीराम गिरी, इकाई कमिटी अध्यक्ष अशोक साह, चिरञ्जीवि महतो, सद्धाम हुसैन, रुपलाल यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.