logo

साना लगानीका संचारमाध्यमको प्रर्वद्धनको बिषय सत्तामा गएपछि बिर्सन हुदैनः सासद श्रेष्ठ

 इसीमाना सम्वाददाता     २०८० भदौ २३ गते १०: २९ मा प्रकाशित     248   पटक पढिएको

वीरगंज । बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठले राष्ट्रिय साहारा दैनिकका सह सम्पादक स्व.नरेश सर्राफको योगदानलाई जीवन्त राख्न आफ्नो एक महिना बराबरको तलब दिने घोषणा गरेका छन ।

 

राष्ट्रिय सहारा दैनिक पत्रिकाको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित “साना लगानीका संचार माध्यमको प्रवर्द्धनमा स्थानीय सरकारको झूमिका” विषयक अन्तरक्रिया कार्यत्रममा प्रमूख अतिथिको आसनबाट प्रतिनिधिसभा सदस्य समेत रहेका श्रेष्ठले यस्तो घोषणा गरेका हुन । उनले साना लगानीको संचारमाध्यम एवं मोफसलका पत्रकारहरूको प्रवर्द्धनकालागि सरकार गम्भीर हुनु पर्ने बताए । नेता श्रेष्ठले नेपालको समृद्धिकोलागि मधेशको विकास र समृद्धि हुन जरुरी रहेको बताए ।

 

आफू मधेशी दाजुभाईको भोटबाट निर्वाचित भएकोले मधेश क्षेत्रको विकास एवं प्रवर्द्धनकालागि अग्र पंक्तिमा रहेर आवाज उठाइरहेको दाबी गर्दै संसद श्रेष्ठले कृषिकालागि सिंचाईमा पानी, बिउ विजन र मल खादको आपूर्तिकोलागि आफूले पहिलो प्राथमिकता हुनुपर्ने सदैव माग उठाइरहेको बताए। नेपालको हरेक राजनीतिक परिर्वतनमा स्थानीय संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको र सो योगदान सत्तामा गएपछि कसैले बिर्सिन नहुने पनि श्रेष्ठको भनाई रहेको थियो ।

 

कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशसभा सदस्य जितेन्द्र सोनलले विगतमा भएका जुनसुकै संघर्ष एवं आन्दोलनमा स्थानीय स्तरका संचारमाध्यम एवं संचारकर्मीहरू राजनीतिक दलसँगै अग्रपंक्तिमा रहेर आन्दोलनलाई सफल पार्न महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

 

सो कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले राजनीतिक परिवर्तनको ढाल पत्रकार एवं संचारमाध्यमलाई बनाउने तर सत्तामा पुगेपछि संचारमाध्यमलाई अवमूल्यन गर्ने काम सत्ता पक्षले गर्दै आइरहेको बताए । केन्द्रिय सचिव चौहानले स्थानीय सरकारले स्थानीय स्तरका संचारमाध्यममा दिनुपर्ने सूचना र विज्ञापन राजधानीका पत्रपत्रिकालाई कमिशनको भरमा दिने गरेको बताउनु भयो ।

 

त्यस्तै वीरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले स्थानीय स्तरमा हुने गरेको हरेक गतिविधिलाई संचारमाध्यमले निर्भिकतापूर्वक उठान गर्नुपर्ने कुरामा जोड दिए ।

 

राष्ट्रिय सहारा दैनिकका प्रकाशक एवं कार्यकारी सम्पादक चन्द्रभूषण साहको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा एमालेका पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्मा, नेकपा एकिकृत समाजवादीका पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा माओवादी केन्द्रका अमिताभ बच्चन दास, बहुदरामाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी. लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, समाजवादी पत्रकार संघठन पर्साका अध्यक्ष मनोज पटेल, प्रेस सेन्टर पर्साका अध्यक्ष दीपक गौतमलगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

समाज

पर्सा प्रहरी गोली पड्काउदैअपराधी समाउदै

वीरगञ्ज । गोठाटारका लालमहम्मद दर्जीको हत्याका योजनाकार बब्लु पासवानलाई पर्सा प्रहरीले गोली हानेर समातेको छ ।

दुर्घटनामा परि पर्सा र मकवानपुरमा गरि दुईको ज्यान गयो

वीरगञ्ज । बीरगंजमा बिहिवार विहान मोटरसाइकल एक आपसमा ठोकिदा १ जनाको मृत्यु भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.