logo

सत्तागठबन्धनदलको निर्णयको प्रतिकुल हुने गरि गौर हत्याकाण्डको छानविन गर्ने गृहमंत्रीको भनाई

 इसीमाना सम्वाददाता     २०८० भदौ १० गते ०३: ०० मा प्रकाशित     623   पटक पढिएको

वीरगन्ज। गठबन्धन दलहरुको निर्णयको प्रतिकुल हुनेगरि उपप्रधान तथा गृहमन्त्री नारायणकारी श्रेष्ठले गौर हत्या काण्डका दोषीलाई कारवाही हुने बताएका छन ।

 

आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमंत्री श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा सरकारले पीडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका हुन ।

 

सरकारले पीडित पक्षसंग श्रावण २३ गते ५ बूँदे सहमति गरेको थियो । तर सत्तारुढ दलका शीर्ष नेताहरूको श्रावण २९ गते बसेको बैठकले गौर हत्याकाण्डको छानबिन नगर्ने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ शीर्ष नेताहरूको बैठकले गौर हत्याकाण्डबारे छानबिन नगर्ने निर्णय गरेको हो।

 

गौर हत्याकाण्डका पीडितले १० लाख रुपैयाँका दरले राहत पाइसकेको र मृतक शहिद घोषणा हुने क्रममै रहेकाले यसलाई राजनीतिक ढंगले अगाडि बढाउने निर्णय गठबन्धनले गरेको हो।

तर सरकारले सहमतिपत्रमा तत्कालीन सरकारद्वारा सहिद घोषणा गरिएका गौर घटनाका मृतकहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने मृत्यु भएका तर सहिद घोषणा हुनबाट छुटेकालाई सहिद घोषणाको प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ ।

 

रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरम बिच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो ।

 

गृहमन्त्री श्रेष्ठले गौर हत्या काण्ड प्रकरणका पीडित पक्षसंग गृहमन्त्रालयले गरेको पाँच बुँदे सहमतिबाट सरकार पछाडि नहटेकोपनि प्रष्ट पारे । श्रेष्ठले भने,‘ सरकार कानूनी शासनलाई स्थापित गर्न प्रतिबद्ध छ।

 

कुनैपनि सन्दर्भमा काुननको उल्ल्ंघन हुन दिदैनौ । गौर हत्याकाण्डका पिडित पक्षसंग भएको सहमति अनुसार त्यसमा छानबिन हुदैंछ । गृहमन्त्री श्रेष्ठले गिरीबन्धु टि स्टेट प्रकरण बारेपनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीपनि गराए । अहिलेको सरकार मुख्यत सुशासन , समृद्धि र सामाजिक न्याय स्थापित गर्न केन्द्रित रहेको उनले बताए ।

 

उनले भने,‘ मुलुकमा यत्रो ठूलो राजनीतिक परिवर्तन त भयो तर आम जनताले यत्रो ठूलो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीको साँच्चिकै अनुभूती गर्न नपाएको हाम्रो निष्कर्ष छ ।

 

त्यसैले मुलुकमा सुशासन स्थापित गरी समृद्धिको यात्रा तर्फ अगाडि बढाउँदै राजनीतिक परिवर्तनका उपलब्धीको अनुभूती जनतालाई गराउने संकल्पका साथ सरकार अगाडि बढिरहेको उनले बताए ।

 

मिटरब्याजी विरुद्धको कानुन निर्माण , नक्कली भुटानी शरणार्थी प्रकरण संलग्नलाई कारबाही , ललिता निवास र सुन तस्करी प्रकरणमा चलिरहेको अुसन्धान लगायतका कामले नै सरकार सुशासनको दिशामा बढेको कुरा प्रष्ट भएको उनले बताए ।

 

धरानमा गौ हत्याको विषयलाई लिएर भइरहेको पछिल्लो घटनाक्रम बारे गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको बताए । उनले भने,‘ यस घटनामा संलग्नहरुलाई संविधान र कानुन अनुसार कारबाही हुन्छ नै ।

 

त्यसका लागि प्रकृया अगाडि बढिसकेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टरका केन्द्रिय सदस्यद्वय निरज पिठाकोटे मगर र जगत राईका साथै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताकोपनि उपस्थिती थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

एनजिओको नाममा फर्जी बिल बनाएर लाखौको भूक्तानी, कर्मचारीको खातामा पैसा हालेको केवटको स्वीकारोक्ती

वीरगंज ।  छिपहरमाई गाउँपालिका संभौता २ का स्थायी बासिन्दा अमोद केवट माथि लाखौं रुपैयाँ अनियमितता गरेको गम्भीर आरोप लागेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.